काठमाण्डौं । आज सुरुमा दोहोरो अंकले बढेको सेयर बजार अन्तिममा दोहोरो अंकले घटेर बन्द भएको छ । आज बजार १२.६३ अंक झरेर बन्द भएको हो ।
आज सेयर बजारमा दिनभरीमा १४२ कम्पनीका जम्मा ६८ करोड ७७ लाख रुपैयाँको मात्र सेयर किनबेच भएको छ । जुन गत साता भएको कारोबारभन्दा आधा कम हो । आज होटलवाहेक सबै सुचक ओर्लिएका छन् ।
बैंकिङ १०.५, विकास बैंक १४, जलविद्युत ३९, फाइनान्स साढे १३, बिमा ८१, उत्पादनमूलक साढे ३२ र अन्य साढे चार अंकले झरेको छ । होटल भने साढे ६४ अंकले उक्लिएको छ ।
आज हिमालयन इन्स्योरेन्सको सबैभन्दा वढी रकमको किनबेच भएको छ । कम्पनीको ६ करोड सात लाखको खरीद बिक्री भएको हो । एनबी बैंकको पाँच करोड १७ लाख र एभरेष्ट बैंकको तीन करोड २१ लाखको कारोबार भएको छ ।
५ भदौ २०७३, ४।००
वि.सं.२०७३ भदौ ५ आइतवार १६:११ मा प्रकाशित