back
NMB ad

तपाईको विद्युत महसुल बुझाउन बाँकी त छैन ? प्राधिकरणले काट्न थाल्यो लाईन !

Kumari bank ad

काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशन बमोजिम पहिलो चरणमा महसुल नबुझाउने ठूला ग्राहकको लाइन काटेको छ।

प्राधिकरणका अनुसार हिजो ३७ लाख ३१ हजार ३३१ रकम बक्यौता रहेको महेन्द्र मञ्जिल, १० लाख १० हजार बक्यौता रहेको कमला दुगड र छ लाख ६३ हजार बक्यौता रहेको शारदा शेरचनको लाइन काटिएको हो। प्राधिकरणको ३१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ऊर्जामन्त्री शर्माले बक्यौता असुल उपर गर्ने र अटेर गर्ने जो कोहीको पनि लाइन काट्न दिएको निर्देशनअनुसार नै लाइन काट्न सुरु गरिएको हो ।

यस्तै अत्तरीया क्षेत्रीय कार्यालय मातहतका १४ ग्राहकको लाइन काटिएको छ। प्राधिकरणका अनुसार युनाइटेड टेलिकमसहित १० ग्राहकको नौ लाख १८ हजार ८५२ बक्यौता रहेको छ। त्यस्तै डोटीका १० ग्राहकको लाइन काटिएको छ। सो जिल्लामा एक लाख ६४ हजार ४९५, डडेल्धुराका १० ग्राहकको तीन लाख २९८ बक्यौता रहेको छ। दार्चुलाका १० ग्राहकको तीन लाख २४ हजार १९५, बैतडीका १० ग्राहकको चार लाख ६६ हजार, महेन्द्रनगरमा १३ लाख ४१ हजार ४२६ बक्यौता रहेको छ । ती क्षेत्रीय कार्यालयको कुल रु ४६ लाख ३९ हजार ६०४ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मुलुकभरि १० अर्बको हाराहारीमा बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ। त्यसमा तीन अर्ब मात्रै सडक बत्तीको बक्यौता उठाउन बाँकी रहेको छ।

६ भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ ६ सोमवार १३:०३ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...