back
NMB ad

४ लाख कित्ता सेयरमा दुई दिनमै २ अर्ब बढीको आवेदन !

Kumari bank ad

काठमाण्डौं । राष्ट्रियस्तरको लघुवित्त कम्पनी आरएसडिसी वित्तीय संस्था लिमिटेडले हप्ता दिनका लागि निष्काशन गरेको साधारण शेयरमा दोस्रो दिनसम्ममा २ अर्ब रुपैंयाभन्दा बढीको आवेदन परेको छ ।

पहिलो दिन आइतबार २० गुणाभन्दा बढीको आवेदन परेको शेयरमा दोस्रो दिन सोमबार मात्र १ अर्ब १८ करोड रुपैंयाभन्दा बढीको आवेदन परेको हो । भदौ ५ गते आइतबारबाट सर्वसाधारणका लागि शेयर निष्कासन गरेको कम्पनीको शेयरका लागि पहिलो दिन १७ हजार वटा आवेदन गरेकोमा सोमबार थप २६ हजार आवेदन परेको हो । यस कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

निष्काशित ४ लाख कित्ता साधारण शेयरमध्ये ८ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँड भैसकेको छ । बाँकी रहेको तीन लाख ७२ हजार कित्ता शेयर मात्र सर्वसाधारणले पाउने छन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल रहेकोछ । कम्पनीको शेयरमा कम्तिमा ५० कित्ता अर्थात ५ हजार रुपैयाँ र बढीमा ४ हजार कित्ता अर्थात चार लाख रुपैयाँँ सम्मको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

भदौ ५ आइतबारदेखि खुलेको शेयरमा छिटोमा भदौ ८ र ढिलोमा १९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

७ भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ ७ मंगलवार १३:५० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...