काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले सात दिनभित्र सरकारी कार्यालयलाई बक्यौता तिर्न अल्टिमेटम दिएको छ । सात दिनभित्र सरकारी कार्यालयले विद्युतको बक्यौंता नतिरे लार्इन काट्ने जानकारी दिएको छ ।
प्राधिकरणले मंगलबार सूचना जारी गरेर सरकारी कार्यालयलार्इ सात दिने अल्टिमेटम दिएको हो । उर्जामन्त्री जनार्दन शर्माले ठूलो रकम बक्यौंता रहेका उपभोक्ताको विद्युतको लार्इन काट्न निर्देशन दिएपछि प्राधिकरणले यो सूचना जारी गरेको हो । मन्त्री शर्माको निर्देशनपछि प्राधिकरणले धेरै बक्यौंता रहेको उपभोक्ताको धमाधम लार्इन काटिरहेको छ ।
सरकारी कार्यालयले समेत महसुल नतिरेपछि प्राधिकरणले सूचना जारी गरेको हो । सोमबारसम्मको तथ्याकं अनुसार ९३ वटा वितरण केन्द्रबाट चार सय ४६ वटा उपभोक्ताहरुको विद्युत काटिएको छ ।
७ भदौ २०७३, १.००
वि.सं.२०७३ भदौ ७ मंगलवार १५:४० मा प्रकाशित