
काठमाण्डौं । मंगलबारको बजारमा दुई कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । यसदिन पनि इन्भेष्टमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ ।
मंगलबार नेप्से १.२६ अंकले झरेर १६८१.८६ विन्दुमा पुगेको छ । आज बजारमा १३९ कम्पनीको ८८ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम भने २ करोड रुपैयाँले बढी हो । आज पनि बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा उच्च कारोबार भएको छ । यो बैंकको ७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज दुई कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । कन्काई विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको हो ।
७ भदौ २०७३, ३।३०
वि.सं.२०७३ भदौ ७ मंगलवार १६:०४ मा प्रकाशित