back
NMB ad

महासंघ प्रतिनिधिमण्डल र महानिर्देशक कार्कीबीच भेट

Kumari bank ad

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले मंगलवार सडक विभागका नवनियुक्त महानिर्देशक देवेन्द्र कार्कीलाई भेटी निर्माण व्यवसायका विद्यमान समस्याका बारेमा अवगत गराउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण व्यवसायका समस्या बारे महानिर्देशक कार्कीको ध्यानाकर्षण गराएको हो । विनाशकारी भूकम्प, मधेशवादी दलहरुबाट संचालित आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण इन्धन लगायत निर्माण सामाग्रीको अभावमा निर्माण आयोजनाहरु प्रभावित भई निर्माण कार्य रोकिएको कारण क्षतिपूर्ति सहित ती आयोजनाको १ वर्ष म्याद थपका लागि पहल गरिदिन महासंघले अग्रह गरेको छ ।

हाल देशका विभिन्न सार्वजनिक निकायहरुले विभिन्न योग्यता तोकी बोलपत्र प्रकाशित गरेको हुँदा २ करोड रुपैयाँ सम्मको लागत अनमान भएको निर्माण कार्य खरिदमा कुनै योग्यता तोकिन नहुने प्रावधान लागु गर्न गराउन पनि महासंघले महानिर्देशक कार्की समक्ष आग्रह गरेको छ । जवाफमा महानिर्देशक कार्कीले कानूनी दायरामा रही व्यवसायीहरुका सबै खाले समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । महानिर्देशक कार्की कर्मचारी वृत्तमा अत्यन्त व्यवसायीक तथा क्षमतावान् मानिन्छन् । कार्कीले विगतमा पनि सडक विभागको महानिर्देशकको भूमिका निर्वाह गरिसकेका छन् ।

भेटमा महासंघका सल्लाहकारहरु यक्षध्वज कार्की, प्रेमुकुमार मल्ल, वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, उपाध्यक्षहरु रुद्र शर्मा, लक्ष्मणकुमार राना, निकोलास पाण्डे, पेम्बा लामा, उपमहासचिव सूर्य तिमल्सिना, कोषाध्यक्ष रोशन दाहाल, सदस्यहरु हिरणकुमार श्रेष्ठ, खडकबहादुर खड्का, रमिला लामा, सरस्वती कार्की लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७३ भदौ ७ मंगलवार १८:०८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...