काठमाण्डौं । बागमती डेभलपमेन्ट बैंकले सेयरधनीलाई १४.७४ प्रतिशत लाभांस दिने भएको छ । बैंकले १४ प्रतिशत वोसन सेयर दिने र बाँकी कर भुक्तानीका लागि नगद लाभांस दिन लागेको घोषणा गरेको छ ।
सञ्चालक समितिले गरेको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिनु पर्छ । त्यसपछि साधारणसभाले अनुमोदन गरेपछि बैंकका लगानीकर्ताले लाभांस पाउँछन् । बैंकको अहिले पाँच करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी छ । १४ प्रतिशत वोनसपछि पुँजी ८० लाख रुपैयाँ बढ्ने छ ।
८ भदौ २०७३, ९।००
वि.सं.२०७३ भदौ ८ बुधवार ११:०९ मा प्रकाशित