back
NMB ad

दुई कम्पनीले ल्याउँदैछन् २२० प्रतिशत र शतप्रतिशत सेयर, भयो बुक क्लोज !

Kumari bank ad

काठमाण्डौँ । हिमालयन जनरल इन्स्योरेन्सले दुई सय २० प्रतिशत र सानीमा माई हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर दिने भएका छन्। यसका लागि सानिमा माईले आजबाट बुक क्लोज समेत गरिसकेको भने हिमालयन यसको अन्तिम तयारीमा छ ।

हिमालयनले आगामी सात असोजमा बिषेश साधारण सभा आयोजना गरि हकप्रद सेयर वितरणबारे औपचारिक निर्णय लिनेछ । हाल कम्पनीको ३२ लाख १० हजार ५२ कित्ता सेयर नेप्सेमा सुचिकृत छ। हकप्रद सेयर वितरण पश्चात कम्पनीको सेयर संख्या एक करोड दुई लाख कित्ता र चुक्ता पुँजी एक अर्ब दुई करोड रुपैयाँ नाघ्नेछ। कम्पनीमा एक कित्ता सेयर हुने लगानीकर्ताले दुई दशमलव दुई कित्ताको दरले आवेदन दिन पाउनेछन्।

त्यस्तै, सानीमा माई हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ। यसका लागि कम्पनीले भदौ ३१ मा पाँचौ साधारणसभा गर्दैछ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड ५० लाख रुपैयाँ छ। हकप्रद सेयर दिए पछि त्यो दुई अर्ब १० करोड रुपैयाँ पुग्नेछ। साधारणसभाका लागि बुधबारबाट बुक क्लोज गरेको जानकारी समेत कम्पनीले नेप्सेलाई दिएको छ। कम्पनीले इलाममा २२ मेगावाटको माई जलविद्युत आयोजना र सात मेगावावटको माई क्यासकेट निर्माण सम्पन्न गरेर विद्युत उत्पादन सुरु गरेकोछ ।

दुबै कम्पनीले साधारणसभाबाट यसबारे औपचारिक निर्णय लिने तयारी गरेका छन्।

८ भदौ २०७३, १२.३०

वि.सं.२०७३ भदौ ८ बुधवार १२:५५ मा प्रकाशित

You can share this post!

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...