back
NMB ad

भदौ मसान्तभित्र पूँजीवृद्धि योजना पेश गर्न लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन !

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त कम्पनीहरुलाई भदौ मसान्तभित्र पूँजीवृद्धि योजना बुझाउन निर्देशन दिएको छ ।राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाको २०७५ असार मसान्तसम्ममा ६० करोड चुक्ता पूँजी पुर्‍याउनु पर्ने व्यवस्था गरेको थियो ।

केन्द्रीय बैंकले थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुलाई समानुपातिक पूँजी वृद्धि योजना बनाएर ०७३ भदौ मसान्तभित्र योजना पेश गर्न निर्देशन दिएको हो । पुँजी वृद्धिको योजना बनाउँदा ०७४र७५ को बोनश शेयरलाईसमेत गणना गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ०७५ असारमसान्तभित्र तोकिएको पूँजी नपुर्याउने यस्ता संस्थाको नगद लाभांश तथा बोनस घोषणा, थप वित्तीय स्रोत संकलन, कर्जा प्रवाह र शाखा विस्तारमा रोक लगाउने निर्देशनमा उल्लेख छ ।

यसरी, राष्ट्र बैंकमा बुझाइएको पुँजी वृद्धिको योजना आफ्नो वेबसाइटमा राखेर सर्वसाधारणलाई जानकारी दिनुपर्ने पनि राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

प्रकाशितः २०७३ भदौ ९

वि.सं.२०७३ भदौ ९ बिहीवार १३:४४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...