back
NMB ad

बूढीगण्डकी प्रभावित क्षेत्रमा विकास निर्माण ठप्प, जनता आक्रोशित !

Kumari bank ad

जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आयोजना क्षेत्रको विस्तृत अध्ययन सुरु भएदेखि गोरखाका १४ र धादिङका १३ गाविसमा विकास निर्माणका योजना ठप्प छन् । सार्वजनिक भवनका साथै निजी घर निर्माण पनि रोकिएको र विकासका पूर्वाधारका लागि बजेट आउनै छाडेको प्रभावित क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् । आयोजना बन्ने आशमा बसेका स्थानीयबासिन्दा सरकारको ढिलासुस्तीका कारण आयोजनाको निर्माणमा गति नआएकोप्रति असन्तुष्ट छन् ।

आयोजना निर्माण हुँदा पानीको सतहले छुने क्षेत्रका जग्गा किनबेचमा रोक्का गरिएको छ । गत चैतदेखि गोरखा र धादिङका आयोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गा खरिद, बिक्री तथा उक्त जग्गाको मुआब्जा समेत पाएका छैनन् ।

आयोजना बन्ने वा नबन्ने, मुआब्जा कति पाउने, स्थानान्तरण कहाँ हुनेजस्ता समस्याले प्रभावित क्षेत्रमा अन्योलता बढाएको छ । स्थानीयहरु भन्छन्, “भूकम्पले घर भत्कायो, व्यापार चौपट भयो, बैंकलाई किस्ता तिर्न गाह्रो भएको छ,” रोक्का जग्गाको मुआब्जा तथा पुनःनिर्माणका लागि अनुदान सम्झौता गर्न नपाएको उनीहरु बताउँछन् ।

आयोजना क्षेत्रमा अन्यत्र जस्तै भूकम्पले क्षति पु¥याएको र पाँच वर्षयता प्रभावित क्षेत्रमा विकासका पूर्वाधार लगायतका क्षेत्रमा बजेट नआएको स्थानीयको गुनासो छ । प्रभावित क्षेत्रका बासिन्दाले बैंकबाट लिएको ऋण र ब्याज मिनाहा गर्नुपर्ने, पुनःनिर्माणका लागि एकमुष्ट दुई लाख रुपै.या दिनुपर्ने तथा रोक्का गरिएको क्षेत्रमा अर्धपक्की घर बनाउन पाउनुपर्ने लगायत माग गर्दै आएका छन् ।

गत असार अन्तिम साता गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्वुङ गाविसका बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण गर्ने तयारी गरिए पनि वितरण हुन सकेन । गोरखा र धादिङका प्रभावितलाई एकै पटकमा मुआब्जा वितरण गर्ने भन्दै तत्कालका लागि मुआब्जा वितरण प्रक्रिया रोकिएको थियो ।

“बूढीगण्डकी किन तीव्र गतिमा निर्माण भएन भनेर म कसैलाई दोष दिन्न” गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भने । “हाम्रो (सरकारको) अर्कमण्यताले जनताले दुःख पाए ।” एक साता गृहकार्य गर्ने हो भने प्रभावित क्षेत्रमा मुआब्जा वितरण गर्न सकिने उनको भनाइ छ ।

बूढीगण्डकी आयोजना विकास समितिमार्फत वा कम्पनीमार्फत कुन नमुनाबाट अघि बढ्ने टुङ्गो लागेको छैन । मुआब्जा बाँड्न बजेट आएको भए पनि वितरण नहुँदा फिर्ता गएको थियो । आयोजनाबारे अन्योलता हटाउन बूढीगण्डकी विकास समितिको पहलमा तथा जिल्ला प्रशासन कार्यालय लगायतको संयोजनमा पटक पटक बैठक बसेको छ ।

प्रकाशित मिति ः २०७३ भदौ ९

वि.सं.२०७३ भदौ ९ बिहीवार २०:४० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...