back
NMB ad

दैनिकरुपमा पसल सिलबन्दी, सामान जफत र निर्देशन

Kumari bank ad

काठमाडौ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको सक्रियतामा दैनिकरुपमा आक्रामक अनुगमन भईरहेको छ । सोहिक्रममा सोमबारको अनुगमनकाक्रममा विभिन्न पसलमा सिलबन्दी गरियो । सामान जफत गरिएको छ ।

व्यवसाय नवीकरण नगरेको कारण प्रकाश पोलिक्लिनिक प्रालि टेकु र टेकु ल्याब प्याथोलोजीलाई सिलबन्दी गरीयो । थप कारबाहीका लागि विभागमा बोलाइएको छ । त्यसैगरी प्रकाश फार्मेसिया टेकु, तिवारी मेडिकल हल कुलेश्वर र  निलम औषधि घर त्रिपुरेश्वरलाई पनि बिलको ढाँचा बनाउन, शृङ्गारिक सामान र औषधि फरक फरक स्थानमा राख्न निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए ।

निरीक्षण अधिकृत ढुण्डीराज पोखरेलका अगुवाइमा काठमाडौको कोटेश्वर क्षेत्रका १२ खाद्यान्न पसलमा गरिएको अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नभएको, लेबल नभएको, नापतौल यन्त्र प्रमाणीकरण नगरिएको र केहीको व्यवसाय दर्ता समेत नगरेको पाइएको छ । यी सबै पसलका सञ्चालकलाई तीन दिनभित्र सबै कैफियत सुधार गरी विभागमा आउन निर्देशन दिइएको छ ।

संस्था दर्तासम्बन्धी कागजपत्र प्राप्त नभएपछि नेपाल चौपाया खरिद बिक्री सहकारी संस्था सतुङ्गल र किमाल फ्रेस हाउस सतुङ्गललाई सात दिनभित्र दर्तासम्बन्धी कागजपत्र लिएर विभागमा आउन निर्देशन दिइएको छ ।  मासुको मूल्यसूची नराखिएको, सूचनापाटी नराखिएको र नापतौल यन्त्र प्रमाणीकरण नगरेको पाइएकाले आशीर्वाद मासु पसल सतुङ्गल र  प्राइम फुड एन्ड डेलिकेटेस नैकापलाई पनि सात दिनभित्र सबै काम सकी विभागमा आउन निर्देशन दिइएको छ ।

अनुगमनकै क्रममा बढी भाडा लिइएको र भाडा दर नराखिएको आरोपमा २८ सार्वजनिक सवारी साधनलाई  कारबाहीका लागि ट्राफिक प्रहरीको जिम्मा लगाईउको छ ।

प्रकाशित मितिः २०७३ भदौ १३

वि.सं.२०७३ भदौ १३ सोमवार २०:४६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...