back
NMB ad

नेपाली समाज टेक्सासद्धारा भूकम्प प्रभावित ८ जिल्लामा ११ विद्यालय निर्माण

Kumari bank ad

नेपाली समाज टेक्सस अमेरिकाले भूकम्प अति प्रभाबित ८ जिल्लाका ११ वटा विद्यालयको भवन निर्माण गरी रहेको छ । समाजले आफ्नै प्रत्यक्ष रेखदेखमा ती बिद्यालय भवन निर्माण गरिरहेको छ । बिद्यालय निर्माणका लागि प्रस्ताव मागे बमोजिम प्रकृया पुरा गरी निवेदन दिएकाहरुको गहन अध्ययनपश्चात् छनोट गरि विद्यालय निर्माणमा समाजले सहयोग गर्दै आएको छ । यसका लागि विद्यालयको तर्फबाट १५ हजार डलर समाजको नेपालमा भएको बैंक खातामा जम्मा गर्नुपर्ने र समाजले पनि सोही रकम बराबर सहयोग गरिदिने गरेको छ ।
विद्यालय व्यवस्थापन समितिले पनि सोही रकम बराबरको जनसहभागीता गर्नुपर्ने समाजका महासचिव कमल सत्यालाले जानकारी दिएका छन् । पीपीपी मोडेलमा काम गर्दा सहज हुने र सबैको अपनत्व कायम हुने हुँदा समाजले उक्त मोडेलअनुरुप सामाजिक सेवा गर्दै आएको महासचिव सत्यालाले बताए ।
महासचिव सत्यालका अनुसार रसुवा,दोलखा,काठमाडौ,काभ्रे,गोरखा,नुवाकोट लगायतका जिल्लामा भवन निर्माणको काम भैरहेको छ ।  समाजले बनाइदिएका विद्यालय भवन भुकुम्प प्रतिरोधी हुनेछ ।
काठमाडौको गगलफेदीमा रहेको हर्स निम्न माध्यमिक विद्यालय र गोरखाको बोर्लाङमा रहेको भिमसेन माध्यमिक बवद्यालयको निर्माण सम्पन्न भैसकेको छ भने नुवाकोट र दोलखाका विद्यालय पनि निर्माणको अन्तिम अवस्थामा छन् । यी योजना सम्पन्न भैसकेपछी नयाँ योजनाका लागि प्रस्ताव मागिने महासचिव  सत्यालाले जानकारी दिएका छन् ।

प्रकाशित मितिः २०७३ भदौ १४

वि.सं.२०७३ भदौ १४ मंगलवार १७:०७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...