back
NMB ad

मधेसवादीका नाजायज मागमा संविधान संशोधन हुँदैन: सचिव ज्ञवाली

Kumari bank ad

भक्तपुर । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले मधेसवादी मोर्चाको जायज मागका बारेमा संविधान संशोधन भइसकेकाले अब नाजायज मागमा संविधान संशोधन आवश्यक नरहेको बताएका छन् ।

रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा ज्ञवालीले जायज माग बाहेक केही नेताहरुको स्वार्थ पूरा गर्न संविधान संशोधनका लागि एमाले कदापि तयार नहुने बताए ।

मधेसी मोर्चाले राखेको संविधान संशोधनको माग मधेसी जनताको माग नभएको जिकिर गर्दै उनले अब फेरि संविधान संशोधन गर्नु गलत रहेको बताए ।
संविधान संशोधनका लागि नेपाली भूमिमा नभएर अन्य मुलुकमा छलफल हुनुले समेत मधेसी जनताको माग नभई केही नेताकै माग भएको उनको ठम्याई छ ।

विगतमै तीनै निर्वाचनको मिति तय भए पनि वर्तमान सरकारमा रहेको गठबन्धन विभिन्न बहानाबाजी गरी निर्वाचन नगर्ने खेलमा लागेको उनको आरोप थियो ।

निर्वाचन पर धकेल्दै संविधान कार्यान्यवन समेत नगर्ने षड्यन्त्र भइरहेको आशंका गर्दै उनले ओली नेतृत्वको सरकारले गरेका काम र निर्णयलाई वर्तमान सरकारले उल्टाउँदा राजनीतिक दलबीचको दूरी बढ्ने र राजनीतिक द्वन्द्व चर्कने भन्दै त्यसो नगर्न चेतावनी दिए ।

प्रकाशित मितिः २०७३ भदौ १४

वि.सं.२०७३ भदौ १४ मंगलवार १८:४४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...