back
NMB ad

वनस्पति तेलको विदेशमा अत्यधिक माग

Kumari bank ad

काठमाडौ । नेपालमा उत्पादित विभिन्न किसिमका जडीबुटीबाट उत्पादन भएको तेलको विदेशमा अत्यधिक माग हुने गरेको छ ।

नेपालमा उत्पादित मेन्था, लेवन ग्रास, सिट्रोनेला, धसिङ्गरे, पामारोजा, टिमुर, क्यामोमाइललगायत वनस्पतिजन्य तेलको विदेशमा अत्यधिक माग छ । वनस्पति विभाग प्राकृतिक सम्पदा अनुसन्धानका प्रमुख ज्योति जोशी (भट्ट)ले आव २०७२/७३ मा ९५० सेवाग्राहीले उत्पादन गरेको तेल विदेश निर्यात गर्न नापजाँच गरेको जानकारी दिएका छन् ।

“नापजाँच गरेको तेल व्यापार र अनुसन्धानका लागि बिक्री हुने गरेको छ,” उनले भने । नेपालमा उत्पादित जडीबुटी जन्य तेल फ्रान्स, क्यानडा, अमेरिका, जर्मनी, अष्ट्रेलिया, भारतलगायत देशमा निर्यात हुँदै आएको छ । वन ऐनअन्तर्गत बहुमूल्य जडीबुटीलाई साइटीस सूचीमा राखेको छ ।
साइटीस सूचीमा रहेका जीडबुटी खरी, पैयुँ, भोटेचाँप, सुनाखरी, लौठसल्ला, गुन्सीलगायत हुन् । साइटीस सूचीमा रहेका यी वनस्पतिको बिक्री वितरणमा रोक लगाइएको छ ।

प्रकाशित मितिः २०७३ भदौ १४

वि.सं.२०७३ भदौ १४ मंगलवार १८:५९ मा प्रकाशित

You can share this post!

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...