back
NMB ad

स्वास्थ्य संस्थामा सिटामोल नि सकियो, औषधिको चरम अभाव !

Kumari bank ad

सिरहा अस्पताल सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको भण्डारमा सकिएको जनाउँदै स्वास्थ्य संस्थालाई लामो समयदेखि औषधि उपलब्ध गराइएको छैन । कार्यालय सँगै टाँसिएको जिल्ला अस्पतालमा थोरै सङ्ख्यामा सिटामोल बाहेक अन्य कुनै औषधि नरहेको अस्पतालले जनाएको छ । सरकारले  अस्पतालबाट ७० प्रकारका र प्राथमिक स्वास्थ्य केन्द्र तथा उपस्वास्थ्य चौकीबाट ४० प्रकारको औषधि निःशुल्क उपलब्ध गराउने भनिए पनि अधिकांश स्वास्थ्य संस्थामा औषधिको  अभाव भएको छ ।

जिल्लाका कतिपय स्वास्थ्य संस्थामा केवल सिटामोल मात्र छ भने कतिपयमा त्यो पनि सकिएको छ । जिल्लामा एउटा जिल्ला अस्पताल, चार प्राथमिक स्वास्थ्य केन्द्र र १०४  उपस्वास्थ्य चौकी छन् । ती सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएपछि बिरामी बाहिरको निजी क्लिनिकबाट औषधि खरिद गर्न बाध्य छन् ।

गत पुस र माघ यता कार्यालयले औषधि नपठाएकाले औषधिको आभाव भएको स्वास्थ्य संस्थाका प्रमुखले बताएका छन् । यता जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले स्वास्थ्य सेवा विभागबाट लामो समयदेखि औषधि नपठाएकाले जिल्लामा औषधिको आभाव भएको जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका भण्डार शाखा प्रमुख कामेश्वर रोहिताका अनुसार गत आव २०७२÷७३ मा औषधि सेवा विभागबाट तीन पटकमा तीन ट्रक मात्र औषधि पठाइएकाले औषधिको आभाव भएको हो । औषधिको अभाव भएको र पठाइदिन विभागमा पटक पटक ताकेदा गर्दा समेत चालु आव ७३÷७४ मा हालसम्म कुनै औषधि नआएकाले स्वास्थ्य संस्थालाई औषधि उपलब्ध गराउन नसकिएको  रोहिताले बताए ।

प्रकाशित मितिः २०७३ भदौ १४

वि.सं.२०७३ भदौ १४ मंगलवार २०:०८ मा प्रकाशित

You can share this post!

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:१५

तनहुँ, ४ वैशाखः सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ...

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:०६

शिकागो (अमेरिका), ४ वैशाख : प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी...

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:५७

काठमाडौं ।  व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया...

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४२

काठमाडौँ, ४ वैशाखः संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम...

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:२९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको...