back

दिनभर पढाउने, रातभर गस्ती गर्ने शिक्षक

तोडफोड र उश्रृङ्खल गतिविधि बढेपछि उत्तरी झापाको एउटा विद्यालयका शिक्षकहरु दिनभर बिधार्थीलाई पढाउँछन् रात्रि गस्तीमा खटिने गरेका छन् ।

शान्तिनगर–६ स्थित राष्ट्रिय विजय माविमा एक साताअघि कार्यालयको ताला फोडिएको तथा केही दिनअघि साँझ पख एक जोडीलाई विद्यालय परिसरमा आपत्तिजनक अवस्थामा भेटिएको थियो । विद्यालयका प्रअ रामप्रसाद तिममल्सिनाले विद्यालय परिसरमा भएका घटनाका बारेमा स्थानीय प्रहरीले चासो नदिएपछि शिक्षक रात्रि गस्तीमा निस्कन बाध्य हुनुपरेको बताए । प्रअ तिमल्सिनाका अनुसार शिक्षकहरू दिनभर विद्यालयमा पढाउँछन् र रात परेपछि पालो बाँधेर परिसरको गस्तीमा खटिन्छन् ।

कार्यालय फोडिएको र परिसरमा बाहिरियाको उश्रृङ्खल गतिविधि बढेको बारेमा स्थानीय बुधबारे प्रहरी चौकीमा विद्यालयले लिखित रुपमै जानकारी गराएको छ ।  प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धर्मदेव मण्डलले कार्यालयमा तोडफोड गर्ने समूहको खोजी भइरहेको र सीमित जनशक्ति भएकाले सधैँभरि विद्यालयमा रात्रि गस्ती गर्न नभ्याइने बताएका छन् ।

प्रकाशित मितिः २०७३ भदौ १४

वि.सं.२०७३ भदौ १४ मंगलवार २१:०३ मा प्रकाशित

You can share this post!

विद्यालय चार दिन बन्द हुने

विद्यालय चार दिन बन्द हुने

वि.सं.२०७९ पुस २५ सोमवार २१:१९

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालय चार दिन बन्द हुने...

बिराटनगरको सास्थम कलेजद्वारा  बिबिए र बिएचएमका बिद्यार्थीलाई अभिमूखीकरण कार्यक्रम

बिराटनगरको सास्थम कलेजद्वारा बिबिए र बिएचएमका बिद्यार्थीलाई अभिमूखीकरण कार्यक्रम

वि.सं.२०७९ पुस २५ सोमवार ११:३०

काठमाडौं । साउथ एशियन स्कुल अफ टुरिज्यम एण्ड होटल म्यानेजमेन्ट...

चिसोका कारण विद्यालय बन्द

चिसोका कारण विद्यालय बन्द

वि.सं.२०७९ पुस २० बुधवार २०:३४

हेमन्त केसी,सुर्खेत । चिसो अत्यधिक बढेपछि कालिकोट ,डोल्पा, हुम्ला, मुगुका...

बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ, शिक्षक दरबन्दीविहीन

बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ, शिक्षक दरबन्दीविहीन

वि.सं.२०७९ पुस १२ मंगलवार १२:०४

दमन राई, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको...

नाथमको कार्यकारी निर्देशकमा नारद लुईंटेल नियुक्त

नाथमको कार्यकारी निर्देशकमा नारद लुईंटेल नियुक्त

वि.सं.२०७९ पुस ८ शुक्रवार १९:४२

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को...

शिक्षकको माग गर्दा नगरप्रमुख महत्तोले विद्यालयबाट निकालिदिए विद्यार्थी 

शिक्षकको माग गर्दा नगरप्रमुख महत्तोले विद्यालयबाट निकालिदिए विद्यार्थी 

वि.सं.२०७९ मंसिर १९ सोमवार १३:११

विशाल बस्नेत, महोत्तरी । लोकतन्त्रमा नागरिक अधिकारको माग गर्नु र...