back
NMB ad

जोर्नी बिग्रिएको छ, कृत्रिम जोर्नी राख्ने भए ट्रमा सेन्टर जानुस् !

Kumari bank ad

काठमाडौ। जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुट्कारा पाउन गरिने कृत्रिम जोर्नी प्रत्यारोपण उपचार राष्ट्रिय ट्रमा सेन्टरमा सुरु भएको छ ।

ट्रमा सेन्टरका अर्थोपेडिक तथा ट्रमा सर्जरी विभाग प्रमुख प्रा डा श्रीकृष्ण गिरीले दुई महिनाअघि प्रत्यारोपण सेवा सुरु गरिएको जानकारी दिएका छन् । ‘‘विभिन्न कारणले जोर्नीले कामगर्न नसक्ने अवस्था आएपछि प्रत्यारोपण गर्नुपर्ने हुन्छ । ट्रमा  सेन्टरमा विभिन्न दुर्घटनामा परी आएका बिरामीको पनि कहिलेकाहीँ प्रत्यारोपण गर्नुपर्ने हुनाले हामीले यो सेवा सुरु गरेका हौँ ।’’ उनले भने ।

सेवा सुरु भएपछि तीनजनाको घँुडा र नितम्ब प्रत्यारोपण गरेको उनले जानकारी दिए । तीमध्ये एकजना गत वर्षको भूकम्पमा लडेर जोर्नी भाँचिएका बिरामीको जोर्नी प्रत्यारोपण गरिएको हो ।

खिइएको भागमा कृत्रिम जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १० देखि ३० वर्षसम्म काम गर्ने डाक्टरहरु बताउँछन् । ६० हजारदेखि करिब तीन लाख रुपैंया सम्ममा जोर्नी प्रत्यारोपण गर्न सकिने डा गिरीले जानकारी दिएका छन् । शल्यक्रिया शुल्क सस्तो भएपनि कृत्रिम जोर्नी किन्न बढी मूल्य पर्ने भएकाले यो सेवा महँगो भएको उनको भनाई छ । जोर्नी प्रत्यारोपण पछि पहिलेजस्तो कडा परिश्रम गर्नु भने हुँदैन । पलेटी मारेर बस्ने, टुक्रुक्क बस्ने, उफ्रने, धेरै उकालो–ओरालो हिँड्ने, रूख चढ्ने तथा शरीरलाई भार पार्ने खालका काम गर्न पनि हुँदैन । खानपिनमा ध्यान दिनुका साथै शरीरको तौल पनि नियन्त्रणमा राख्नुपर्ने डाक्टरहरुको भनाइ छ ।

नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौँलगायत धरान तथा चितवनका अस्पतालमा पनि विस्तार भइसकेको छ । पहिले भारत र अन्य देशमा उपचारका लागि जाने नेपाली अहिले नेपालमै उपचार गराउन थालेका छन् ।

प्रकाशित मिति : २०७३ भदौ १६

वि.सं.२०७३ भदौ १६ बिहीवार १४:२९ मा प्रकाशित

You can share this post!

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...