
काठमाडौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटनको विकास गर्न अन्तर्राष्ट्रिय उडानका लागि पाँचवटा र आन्तरिकका लागि दशवटा जहाज किन्ने तयारीमा मन्त्रालयले कार्य अगाडि बढाएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा मन्त्री शाहीले पूर्वाधारको विकास भएमात्र पर्यटन क्षेत्रको समग्र विकास हुने भन्दै पूर्बाधार विकासमा सरकाले ध्यान केन्द्रित गरेको बताए । मन्त्री शाहीले स्वदेशी उडानलाई सेवामूलक र विदेशी उडानलाई आम्दानी गर्ने माध्यमका रुपमा विकास गरेमात्र पर्यटनको विकास संगसंगै आम्दानी हुने बताए ।
“पर्यटक नेपालको संस्कृति, कला, नदीनाला, भाषा, भेशभूषा हेर्न आउने भएकाले त्यसका लागि सबै सवारी साधनको साथसाथै जहाज आवश्यक छ” – मन्त्री शाहीले भने ।
मुलुकको पर्यटन विकासका लागि सातवटै प्रदेशका सम्भावित स्थानको कार्ययोजना बनाउन निर्देशन दिइसकेको उनले उल्लेख गरेका छन् ।
प्रकाशित मितिः २०७३ भदौ १६
वि.सं.२०७३ भदौ १६ बिहीवार १४:३३ मा प्रकाशित