back
NMB ad

बैंकको सेवालाई जनतातर्फ फर्काइयो

Kumari bank ad

काठमाडौ। “राष्ट्र बैंकको पूँजी वृद्धि गरिएको, बैंकको सेवालाई जनतातर्फ फर्काइएकाले विधेयकमा धेरै नयाँ विशेषता बनेको  छ, यसले  राष्ट्र बैंकको क्षमतामा समेत वृद्धि गर्नेछ । अर्थमन्त्री कृष्ण बहादुर महराले भने ।

व्यवस्थापिका–संसद्ले नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक, २०७३ लाई पारित  गर्दाकोक्रममा अर्थमन्त्री महराले यस्तो उल्लेख गरेका हुन् ।

बैठकमा सांसदले राखेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महराले सामन्तवादी अर्थतन्त्रलाई  समाजवादी अर्थतन्त्रमा जान संविधानले बाटो खोलेको भन्दै आजको वस्तुगत यथार्थलाई नजरअन्दाज गर्न नमिल्ने धारणा राखे ।

यो सहित व्यवस्थापीका संसदले चार बिधेयक पारित गर्यो । अर्थमन्त्री महराले व्यवस्थापिका–संसद्मा पारित गरियोस् भनि पेस गरेको कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेको छ ।

यसअघि उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीराज काफ्लेले कर्मचारी सञ्चय कोषको रकम ऊर्जाको विकासलगायत सामाजिक सुरक्षाका क्षेत्रमा  लगाउन विशेष कार्ययोजना आवश्यक रहेको भनी सदनको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले विधेयकमा सामाजिक सुरक्षाको भाव पैदा गरेको तथा कोषले आफैँ वा अरु संघसंस्थासँग मिलेर ऊर्जालगायत विभिन्न उत्पादनका क्षेत्रमा लगानी गर्ने वातावरण तय गरेको बताए ।

त्यस्तै अर्थमन्त्री कृष्णबहादुर महराले पेस गरेको अर्थ समितिको प्रतिवेदनसहितको लेखापरीक्षण (पहिलो संशोधन) विधेयक, २०७३ सदनले  पारित गरेको छ । उक्त प्रस्तावमा उठाइएको प्रश्नको जवाफ दिँदै मन्त्री महराले  लेखापरीक्षणसम्बन्धी सम्पूर्ण विषयलाई सरकारी लेखापरीक्षणको दायरामा ल्याउने प्रयास गरिएको बताए ।

त्यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक, २०७३ सदनबाट बहुमतले पारित भएको छ ।

उक्त विधेयकमाथिको छलफलमा नेकपा (माओवादी केन्द्र)का सांसद जनकराज जोशी र नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले भाग लिएका थिए । बैठकमा सांसदले उठाएका जिज्ञासालाई शान्त तुल्याउने क्रममा अर्थमन्त्री महराले विधेयकले जनताको निक्षेप र कर्जालाई राज्यले सुरक्षा गर्ने प्रत्याभूति गरेको जानकारी दिए ।

प्रकाशित मितिः २०७३ भदौ १६

वि.सं.२०७३ भदौ १६ बिहीवार १८:४५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...