back
NMB ad

बक्यौता नबुझाउने साँढे ४ हजार ग्राहकको लाईन चट !

Kumari bank ad

काठमाडौ। नेपाल विद्युत् प्राधिकरणले हालसम्म बक्यौता नबुझाउने चार हजार ४ सय ४७ ग्राहकको लाइन काटेको छ ।

लामो समयदेखि बाँकी बक्यौता रहेको रकम तिर्न पटक पटक ताकेता गर्दा समेत अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियानअन्तर्गत हालसम्म आठ वटै क्षेत्रीय कार्यालय मातहतका ग्राहकको लाइन काटिएको हो ।

विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार काटिएकामध्ये हालसम्म दुई हजार ३ सय ८ ग्राहकको लाइन पुनःजोडिएको छ । लाइन काट्ने अभियान सुरु भएपछि हालसम्म आठ करोड ६४ लाख ९४ हजार ६६४ महसुल उठेको छ । हालसम्म काटिएको ग्राहकबाट २२ करोड ७६ लाख ७७ हजार ६२४ महसुल उठ्न बाँकी रहेको छ ।

प्राधिकरणले बक्यौता तिर्न अटेर गर्दै आएका विभिन्न सरकारी निकायको समेत लाइन काट्न सुरु गर्ने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले सरकारी कार्यालयलाई महसुल तिर्न आग्रह गरिएको र कुनै सुनुवाइ नभए लाइन काटिने बताए । प्राधिकरणले १० अर्ब बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ ।

प्रकाशित मितिः २०७३ भदौ १६

वि.सं.२०७३ भदौ १६ बिहीवार २०:२० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...