back
NMB ad

औषधी खुवाएर पर्यटकलाई पखाला चलाउने ?

Kumari bank ad

ल्याब टेक्निसियनबाट पर्यटनमा …?

युवा पर्यटन व्यवसायी दीपक दाहालको जन्म २०३४ सालमा धादिङको बुढाथुम–७ मा भएको हो । विकट मानिने धादिङको उत्तरी क्षेत्रमा जन्मेका उनको बाल्यकाल पनि दुःखका साथ बित्यो । बाल्यकालमा उनको पढाईको आधा समय धादिङ र आधा समय गोरखाको मान्बु (मामाघर) मा बित्यो । कक्षा १ देखि ५ सम्म धादिङको बुढाथुम पढेका उनले त्यसपछि १० सम्मको अध्ययन मान्बुबाट सिध्याए । एसएलसी(२०५५) भने धादिङको बुढाथुम फर्किएर नै उत्तीर्र्ण गरेका थिए ।

कक्षा ८ पढ्दादेखि दाहालले सेभ द चिल्ड्रेन नामक संस्थाद्वारा संचालित प्रौढ शिक्षा पढाएर कापी, कलम लगायत शैक्षिक सामाग्री र पढाई खर्च जोहो गर्दथे । तत्कालिन समयमा बिहान घरको काम दिनभरिको अध्ययन र बेलुका ७ देखि ९ बजेसम्म प्रौढलाई पढाउनु उनको दैनिकि नै थियो । विभिन्न एनजीओ, आईएनजीओमा काम गरेर पढाइलाई निरन्तरता दिएका उनी एसएलसी पछि काठमाडौ आएर दाईको साथमा बस्न थाले । त्यसपछि १८ महिने ल्याब एसिस्टेन्ट र ३ वर्षे ल्याब टेक्निसियन सिके । उनी ल्याब एसिस्टेन्ट र टेक्निसियन दुवै हुन् । ल्याब टेक्निसियन भएर ल्याब पनि खोले । तर उनका दाजुहरु, आफन्त साथीभाई सबैजना पर्यटन क्षेत्रमा आबद्ध भएकाले उनको मनपनि विस्तारै पर्यटन क्षेत्रतर्फ आकर्षित भयो । त्यसपछि सन् २००३ बाट उनी ट्रेकिङ पोर्टर (भरिया), गाईड हुँदै पर्यटनमा लागे ।

भारी बोक्दा ढाडमा खत !

आफ्नै दाईहरुको ट्रेकिङ कार्यालयमा आउने गाईडहरुको चहलपहल, उनीहरुको हाउभाउ अनि बिदेशीहरु सँग ट्रेकिङ गएको विषयले पर्यटनमा आकर्षित भएका उनी पहिलो पटक भारी बोकेर घोरेपानी गएका थिए । फ्रेन्च र थाई दुई नागरिकको भरिया बनेर गाईड टिका ढकालका साथ उनी ६ दिने घोरेपानी ट्रेकिङ गएका थिए । पहिलो ट्रेकिङ जाँदा ती पर्यटकले आफ्नो देशबाट ल्याएको सामान सबै लिएर गएछन् । पोखरामा गाईडले आवश्यक ब्रिफिङ नगरिदिँदा ती सबै सामान पर्यटक सँगै हुन पुग्यो । त्यसपछि ती दुई जना विदेशीको सबै सामान राखिएको झोला बोकेर उनी गन्तव्यसम्म पुग्नुपर्यो । दुईवटा डोरीले बाँधेर बीच बाटोमा नाम्लो किनेर ती पर्यटकको भारीलाई दाहालले गन्तव्यसम्म पुर्याउने काम गरे । त्यो भारी साह्रै गह्रौं थियो । त्यही गह्रौं भारी बोक्दा उनको ढाडमा घाउ बनेको थियो । त्यो दिनलाई सम्झेर दीपक अहिले पनि ढाडको खत देखाउँदै भन्छन्, त्यो बेला साह्रै दुःख गरियो ।

तैपनि उनले हरेश खाएनन् । भोलिका दिनमा यी सबै दुःखकष्ट पार गरेर गाइडको लाईसेन्स लिन्छु र आफ्नै कम्पनी खोलेर अरुलाई रोजगारी दिन्छु भन्ने लक्ष्यका साथ उनी अगाडि बढे । दोस्रो ट्रेकिङमा पनि भारिया नै बनेर दाहाल स्पेनी नागरिकका साथ जोमसोम गएका थिए । ल्यसपछि लाईसेन्स लिएर दाहाल गाईड बने । २००८ मा आफ्नै कम्पनी खोले । लाईफ नेपाल टूर्स एण्ड ट्राभलको प्रबन्ध निर्देशक दाहाल भिटेफ नेपालको द्वित्तिय उपाध्यक्ष छन् ।

दाहाल सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स एसोसियसन (सोट्टो) नेपालको कार्यसमितिमा पनि छन् । दाहाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको केन्द्रिय सदस्य हुन् । सामाजिक सेवामा रुचि राख्ने उनले हजुरबुबा बालकृष्ण दाहालको नामबाट सन् २००८ देखि गाउँका ३ जना उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आएका छन् । महाविनाशकारी भूकम्पपछि उनले छात्रवृति कार्यक्रमलाई रामेछापका २ विद्यालयमा विस्तार गरी हाल १२ जनालाई छात्रवृति प्रदान गर्दै आएका छन् । आगामि शैक्षिक शत्रबाट कार्यक्रमलाई थप विस्तार गर्ने उनको योजना छ ।

deepak dahal

अस्वस्थ प्रतिष्पर्धाले बदनाम भो पर्यटनमा व्यवसाय

पर्यटन क्षेत्रमा सरकारको उचित नीति नहुँदा दाहाल दुःखीत छन् । साथै व्यवसायी बीचको अस्वस्थ प्रतिष्पर्धाले दाहाललाई झन् दुःखीत बनाएको छ । उनी भन्छन्, ʽअन्य व्यवसायीको ग्राहक आफ्नोमा आउने भए भने घाटा खाएर पनि बिक्री गर्ने अहिलेको प्रचलन छ । यो अस्वस्थ प्रतिष्पर्धाले साह्रै दुःखी बनाउँछ ।ʼ

औषधी खुवाएर पर्यटकलाई पखाला चलाउने ?

उनी भन्छन्, ʽहामीसँग धेरै स्रोत र साधन छ । तर प्रचार भएको छैन । जति पर्यटक आउनुपर्ने त्यति आउन सकेका छैनन् । मुख्य कुरा सरकारले प्रचार प्रसार र प्रबद्र्धनमा विशेष ख्याल गर्नुपर्यो । त्यस्तै नीजि व्यवसायीले पनि यस अभियानमा सहयोग गर्नुपर्ने देखिन्छ । राज्यले पर्यटन नीति बनाउने, व्यवसायीले फलोअप गर्ने र बिबिसी सिएनएन जस्ता ठूला मिडियामा विज्ञापन गर्नुपर्यो । पर्यटक ल्याउन फेयर गर्ने, विश्वको ठूला सहरमा विज्ञापन प्रचार प्रसार गर्नुपर्नेछ ।ʼ

ʽअहिले त केहि व्यक्तिहरुलाई चाँडै धनी बन्नुपर्ने चाहनाले पर्यटनमा विकृति फैलिंदैछ । यतिसम्म सुनिन्छ कि ट्रेकिङमा लैजाने व्यवसायीहरुले औषधी खुवाएर पखाला चलाएर पर्यटकलाई जबरजस्ती बिरामी बनाई हेलिकप्टर चार्टर गर्ने र वीमाको रकम दावी गर्ने कार्य समेत गर्नुहुन्छ रे भन्ने सुन्नमा आएको छ । यस्तो काम गर्नु भएन । यो रोकिनुपर्छ । कतिपय बिदेशीले ट्रिप एडभाईजरमा यी विषय लेखेका छन् भनेर पनि सार्वजनिक भएको छ । त्यसलाई रोक्नुपर्छ ।ʼ दाहाल भन्छन् ।

हेलिकप्टरमा ठूलै गिरोह संलग्न

एभरेष्टमा २ जना बिदेशी पठाउँदा केहि हजार (२०/३०) हजार कमाउनेहरुले एक÷दुई पर्यटकलाई हेलिकप्टर चार्टर गर्दा २÷४ लाख सजिलै लिन सक्ने कारण पनि समग्र पर्यटन बजारमा नकारात्मक सन्देश गईरहेको दाहाल बताउँछन् । हेलिकप्टरको यो कमाउ धन्दामा ठूलै गिरोह संलग्न रहेको उनको दाबी छ । दाहाल भन्छन्, ʽएउटा बिदेशीलाई ३/४ वटा सम्म बिमा गर्न लगाउने पनि भेटिएका छन् । र नेपाल घुम्न आएका बिदेशीलाई उल्टै व्यवसायीले डलर दिएर फर्काउने गरेका पनि सुनिन्छ । जाने बेलामा उल्टै ५÷७ सय, १ हजार डलरसम्म दिने गरेको पनि सुन्न आएको छ । नेपाल आउँदा १५ सय डलर खर्च गर्नेलाई फर्किंदा १ हजार डलरसम्म फिर्ता दिने हो भने आउने पर्यटकलाई फाईदा त होला बीमा कम्पनीलाई घाटा लगाएर के को हित ?ʼ दाहाल प्रतिप्रश्न गर्छन् ।

त्यस्तै उनी भन्छन्, ʽगार्मेन्ट पसलेले ट्रेकिङ बेच्नुभएन । र्याफ्टिङले र्याफ्टिङकै काम गर्नुपर्यो । ट्रेकिङले त्यहि गर्नुपर्यो । होटेलले ट्रेकिङ बेच्नुभएन ।ʼ

यी सबै विषयलाई व्यवसायीक क्षेत्रमा टान र राज्यले रोक्नुपर्ने आवश्यकता रहेको दाहालको सुझाव छ । भवितव्य परेको बेला हेलिकप्टर चार्टर गर्नु जायज छ । तर यहाँ जति पनि मानिस ट्रेकिङ जान्छन् उनीहरु सबै बिरामी पर्नुले आश्चर्य पारेको छ । दाहाल भन्छन्, ʽमेरो कम्पनीबाट आजसम्म कुनैपनि पर्यटकको रेस्क्यु गरिएको छैन । यहाँ त एउटै कम्पनीले २५ वटासम्म रेस्क्यु गर्नु ठिक होईन । सबै ट्रेकिङमा सबै रेस्क्यु यो त अचम्मै भयो नि ! ʼ

dipak dahal

भिटोफले के गर्दै…

भिटोफले ग्रामिण होमस्टेहरुमा आन्तरिक तथा बाह्य पर्यटक पठाउन सहयोग गर्छ । कलेजका विद्यार्थी, व्यवसायीहरुलाई सामुहिकरुपमा गाउँ गाउँसम्म आन्तरिक पर्यटक बनाएर पठाउने र त्यहाँका बारेमा जानकारी गराउने काम गर्दै आएको छ । केहि हदसम्म ग्रामिण क्षेत्रमा मानिसहरुले आम्दानी लिईरहेका छन् । भिटोफले गर्नुपर्ने धेरै छ । पर्यटन बोर्ड, टान, सामथ्र्य लगायत संघसंस्था सँगको सहकार्यमा कुना कन्दराका बस्ती सम्म अध्ययन गर्ने र आवश्यक पूर्वाधार निर्माणमा भिटोफले सहयोग गर्नेछ । ʽभिटोफ गाउँʼ भनेर ब्राण्डिङ एवं प्रबद्र्धन गर्ने लगायतका योजना अगाडि बढाउँदैछौं । सबै सदस्यहरु र गाउँ पर्यटनका विज्ञहरुसँग राय सल्लाह सुझाव संकलन गर्दै अगाडि बढ्नेछौं । अहिले कार्गोमा काम गर्ने, चिया बेच्ने, गार्मेन्ट संचालन गर्नेहरु जो पनि भिटोफका सदस्य बनेका छन् । उनीहरुले गाउँ पर्यटनको प्रबद्र्धन गर्न सक्दैनन् । त्यसैले बिधान संशोधन गरेर यसलाई रोक्नेछौं ।

प्रकाशित मिति : २०७३ भदौ १७ / ७ : १५

वि.सं.२०७३ भदौ १७ शुक्रवार १९:०४ मा प्रकाशित

You can share this post!

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...