back
NMB ad

गाड्न खोज्दा शिशु रोएपछि …

Kumari bank ad

काठमाण्डौं । मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ।

शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरै बेरसम्म हुने प्रतिक्रिया जनाएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज–१७, बुलबुलियास्थित घाट पुर्‍याएको खबर आजको नागरिकमा छापिएको छ।

रूकुम, रुघा–२ की १९ वर्षीया भावना ओली खड्काले घरमै जन्माएको शिशु नचल्मलाएपछि पति चौखवाङ–७ का २७ वर्षीय गोपाल खड्काले नजिकैको मेडिकल पुर्‍याएका थिए। मेडिकल सञ्चालकले बच्चा नरोएको, नचलेको, शरीर निलो भइसकेको र श्वास नफेरेको भन्दै मृत घोषित गरिदिएका थिए। उनले तैपनि भेरी अञ्चल अस्पतालमा एकपटक देखाउन सुझाव दिएका थिए। तर, खड्का दम्पतीले शिशु मरेको भन्दै अपराह्न ४ बजेतिर गाड्न लगेको थिए।

घाटमा पुगेर सहयोग मागेपछि स्थानीयले शिशुको दाहसंस्कारका लागि सहयोग गरेका थिए। तर, खाल्डो खन्दैगर्दा शिशु रोएपछि स्थानीय छाँगाबाट खसेझैं भए। उनीहरुले खड्का दम्पत्तिलाई शंका गर्दै प्रहरीलाई खबर गरे। र शिशुलाई प्रहरीको जिम्मा लगाए।

प्रकाशितः २०७३ भदौ १८

वि.सं.२०७३ भदौ १८ शनिवार १०:२५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...