back
NMB ad

अखिलको मैत्रीपूर्ण फुटसल पत्रकार महासङ्घ, अखिल ‘वि’ र अखिल महिला विजयी

Kumari bank ad

काठमाडौँ १८ भदौ । अनेरास्ववियु केन्द्रीय कमिटीले आज यहाँ तीजको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको छ ।

थापागाउँस्थित खेल मैदानमा भएको प्रतियोगितामा ६ समूहको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, अनेरास्ववियु अनेरास्ववियु (क्रान्तिकारी) महिला तथा पुरुष गरी ६ समूहको सहभागिता रहेको थियो ।

प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ अनेरास्ववियु ‘वि’ समूह र अनेरास्ववियु महिला समूह विजय भएको अखिलकी सचिव आरती लामाले जानकारी गराइन् ।

प्रतियोगिताको उद्घाटन गदै नेकपा(एमाले)का केन्द्रीय सदस्य ठाकुर गैरेले भड्काउपूर्ण तीज मनाउने शैलीलाई रोक्नुपर्ने बताउँदै प्रतियोगिता जस्ता कार्यक्रम गरेर प्रगतिशील तीज मनाउनु पर्नेमा जोड दिए ।

अखिलका अध्यक्ष नविना लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सांसद यज्ञराज सुनार, पूर्व युवा तथा खेलकुदमन्त्री कमला रोकामगर, अखिलका पूर्व अध्यक्षद्वय राजेन्द्र राई र रामकुमारी झाक्री तथा प्रहरी उपरीक्षक किरण ब्रजाचार्यले तीजको शुभकामना दिँदै खेलकुदको माध्यमबाट सिङ्गो देशलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिए ।

वि.सं.२०७३ भदौ १८ शनिवार १६:०१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...