back
NMB ad

राजस्वमा छुट हुँदा महिलाको नाममा जग्गा पास गर्ने बढे

Kumari bank ad

फलेवास (पर्वत), १९ भदौ । राजस्वमा छुट गराउन महिलाको नाममा जग्गा पास गराउनेको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको छ ।

राजस्वमा छुट पाइने भएपछि गत आवमा झण्डै एक हजारले महिलाका नाममा जग्गा पास गराएको जिल्ला मालपोत कार्यलयले जनाएको छ ।
कार्यालयका अनुसार कुल तीन हजार ५२३ जग्गाको कारोबार भएकामा महिलाको नाममा मात्रै ९९९ जग्गा पास भएको छ ।

यस कार्यले महिलामा भूमिमाथिको अधिकार बढ्दै गएको मालपोत कार्यलयका प्रमुख सुरणकुमार पौडेलले बताउनुभयो । आफ्नो नाममा जग्गा पास गराउने महिलामध्ये ६०१ ग्रामीण क्षेत्रका तथा बाँकी ३९८ सहरी क्षेत्रका हुन् ।
सहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रमा महिलाको सङ्ख्या बढी हुनु र पछिल्ला वर्षमा सरकारले महिला, दलित, सहिद परिवार, अपाङ्ग, वृद्धवृद्धा, उद्योगधन्दा, हाइड्रोपावर, चिया खेतीजस्ता शीर्षकमा महिलाको हक कायम गराउन दस्तुरमा छुट दिने गरेकाले महिलाका नाममा जग्गा पास गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको उहाँले बताउनुभयो ।

यसअघि महिलाका नाममा जग्गा पास गराउनेको संख्या न्यून थियो ।

सरकारले ग्रामीण क्षेत्रका महिलाले आफ्नो नाममा जग्गा पास गरे ३० प्रतिशत र सहरी क्षेत्रमा पास गरे २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । ९९९ महिलाका नाममा जग्गा रजिस्ट्रेसन पास गरेबापत सरकारले रु ५० लाख ४० हजार ८१२ छुट दिएको छ ।

वि.सं.२०७३ भदौ १९ आइतवार १२:३१ मा प्रकाशित

You can share this post!

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुनुहोस्ः प्रधानमन्त्री दाहाल   

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुनुहोस्ः प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ जेठ ३० बुधवार २०:३१

काठमाडौँ, ३० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक...

‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा

‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा

वि.सं.२०८१ जेठ ३० बुधवार २०:२५

काठमाडौँ   ।  नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको 'आइएमई' स्थापनाको २३ वर्ष...

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलकै धारामा आउँदैन खानेपानी   

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलकै धारामा आउँदैन खानेपानी   

वि.सं.२०८१ जेठ ३० बुधवार १८:१९

काठमाडौँ, ३० जेठ : मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल...

कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु   

कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु   

वि.सं.२०८१ जेठ ३० बुधवार १८:१४

कुवेत सिटी, ३० जेठ : कुवेतमा करिब दुई सय विदेशी...

लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दावी   

लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दावी   

वि.सं.२०८१ जेठ ३० बुधवार १७:३३

जेरुसेलम(इजरायल) ,३० जेठ : मङ्गलबार दक्षिण लेबनानमा गरिएको इजरायली आक्रमणमा...

११२ औ अन्र्तराट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन, लगानीको आव्हान

११२ औ अन्र्तराट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन, लगानीको आव्हान

वि.सं.२०८१ जेठ ३० बुधवार १६:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर...