back

२.५ मेगावाटको बिद्युत् बढेर ६.६ मेगावाट

Nepal Bank

२.५ मेगावाट बिद्युत् उत्पादन हुँदै आएको सुनकोशी जलविद्युत आयोजनाबाट ६.६ मेगावाट विद्युत उत्पादन हुन थालेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशीमा आएको बाढीले क्षति पु¥याएको सुनकोशी जलविद्युत आयोजनाबाट थप विद्युत उत्पादन गरिएको हो ।

छ वटा ढोका मध्ये एक नम्बरको ढोकामा अवरोधको रुपमा रहेको ठुला ढुंगा र गेगर सफा गरे पछि हाल न्यूनतम ५.८ देखि अधिकतम ६.६ मेगावाट विद्युत उत्पादन हुन थालेको आयोजनाका उत्पादन प्रमुख सुरज दाहालले बताए ।

यस अघि बाँधमा मर्मत गरी गत भदौ १ गते बाट २.५ मेगावाट विद्युत उत्पादन भएको थियो । दुई नम्वरको ढोकामा रहेका ठुला ठुला ढुंगा र गेगर सफा गरे पछि केहि दिन अघिबाट ३.७ मेगावाट विद्युत उत्पादन हुदै आएको थियो । अझै पनि नदीको पानी पुरै फर्काउन नसकिएकोले नदीको बहावमा केहि कमि आए पछि आगामी तिहार सम्म सबै छ वटा ढोका सफा गरी पुरै क्षमताको १०.०५ मेगावाट विद्युत उत्पादन हुने प्रमुख दाहालले बताए ।
तीन वटा यूनिट रहेको सो आयोजनामा हाल तीन नम्बर यूनिट (टर्वाइन) मर्मत भईरहेको छ ।

प्रकाशित मितिः २०७३ भदौ १९

वि.सं.२०७३ भदौ १९ आइतवार १५:१७ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...