काठमाण्डौं । धितोपत्र बोर्डबाट सेयर निष्काशनको अनुमति पाए पछि मुक्तिनाथ विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएकोछ । यसका लागि बैंकले भदौ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
हाल कायम चुक्ता पूँजी ८४ करोड रुपैंयाको ५० प्रतिशत हकप्रद भर्नका लागि सेयरधनीले भदौ २९ गतेसम्ममा सेयर खरिद गर्नुपर्ने हुन्छ । बैंकले ४१ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
५० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी १ अर्ब ३० करोड रुपैंयाको हाराहारीमा पुग्नेछ । बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।
२० भदौ २०७३, ९।००
वि.सं.२०७३ भदौ २० सोमवार १२:४१ मा प्रकाशित