back
NMB ad

चितवनमा गैँडाको ज्यानबाट छर्रा निकालियो

Kumari bank ad

चितवन । तस्करले हानेको ६ वटा गोली लागेर घाइते बनेको दुर्लभ एकसिङ्गे गैँडाको शरीरबाट गोलीका छर्रा निकालिएको छ । चितवन राष्ट्रिय निकुञ्जले सोमबार मुख्य कार्यालय कसरामा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिईएको हो ।
“गोलीका छर्रा निकालिएको छ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने । “गोली निकाल्न सकिने अवस्था भने छैन ।” चिकित्सकका अनुसार पनि गोली संवेदनशील क्षेत्रमा नभएकाले गैँडा बाँच्ने सम्भावना बढेको कँडेलले जानकारी दिए ।

यही भदौ ४ गते रौतहटको गैँडाटारमा तस्करको गोली लागेर १५ वर्षको भाले गैँडा घाइते भएको थियो । तत्कालै चितवन निकुञ्जले उद्धार गरेर गैँडालाई सौराहा नजिकै जङ्गलमा ल्याएर छाडेको थियो ।

चितवन निकुञ्जले भदौ ५ गते उद्धार गरी सौराहा नजिकै जनकौली वनमा ल्याएको गैँडाले बिचरण र चरन क्षेत्र बढाउन थालेको निकुञ्जले जनाएको छ । अहिले सौराहामा निकुञ्जको एक प्राविधिक टोली र नेपाली सेनाले गैँडाको उपचारका साथै रेखदेख गर्दै आएका छन् ।

चौबिसै घन्टा गैँडाको निगरानीमा टोली खटाइएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले जानकारी दिएका छन् ।

उनका अनुसार नेपालको उच्च उपचार पद्धति प्रयोग गरेर उपचार भइरहेको छ ।  मुन्टो उठाउनसमेत नसकेको गैँडाले अहिले राम्ररी घाँस खान थालेकाले बाँच्ने आशा पलाएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा कमल गैरेको नेतृत्वमा अहिले उपचार चलिरहेको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले गैँडाको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिएका छन् ।

प्रकाशित मितिः२०७३ भदौ २१

वि.सं.२०७३ भदौ २१ मंगलवार २०:२५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...