back
NMB ad

उपचार खर्च अभावमा अस्पतालमै आत्महत्या

Kumari bank ad

काठमाडौं । नेता तथा पहुँचवाला व्यक्तिको उपचारमा हरेक वर्ष सरकारले करोडौँ रकम बाँडिरहँदा एक युवकले भने उपचार खर्च अभावमा अस्पतालमै आत्महत्या गरेका छन् ।

दोलखा मालुका १९ वर्षीय विजय खड्काले मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्या गरेका हुन् । दुवै मिर्गौला फेल भएका खड्काले त्रिवि शिक्षण अस्पतालमा डायलोसिस गराउँदै आएका थिए ।

डेढ वर्षयता उनले सातामा तीन दिन गराउनुपर्नेमा दुई दिन निःशुल्क र एक दिन आफ्नै खर्चमा डायलसिस गराउँदै आएका थिए । सातामा उनको तीन हजार रुपैयाँ खर्च हुने गरेको थियो । तर, परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनलाई उपचार खर्च जुटाउन समस्या थियो । ‘मिर्गौला प्रत्यारोपण गर्ने हामीसँग पैसा थिएन,’ मृतकका दाजु सुमित खड्काले भने, ‘साथीभाइ र आफन्तहरूसँग मागेर उपचार गराउँदै आएका थियौँ ।’ परिवारले विजयलाई अस्पतालमा आइतबार, मंगलबार र शुक्रबार डायलोसिसका लागि लैजाने गरेका थियो । आजको नयाँ पत्रिका दैनिकबाट ।

प्रकाशितः २०७३ भदौ २२

वि.सं.२०७३ भदौ २२ बुधवार १०:११ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...