काठमाण्डौं । सुनको मूल्य आज बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेर ५९ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा सुन कारोबार भएको थियो ।
त्यस्तै चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ। अघिल्लो दिन ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ९० रुपैयाँ पुगेको छ।
प्रकाशितः २०७३ भदौ २२
वि.सं.२०७३ भदौ २२ बुधवार १२:१७ मा प्रकाशित