back
mega bank Ad
Hero Ad

नविल बैंकले दिने भयो सेयरधनीलाई ४५ प्रतिशत लाभांस

काठमाडौं । नविल बैंकले सेयरधनीलाई ४५ प्रतिशत लाभांस दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।

गत आर्थिक वर्षमा बैंकले २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । त्यही नाफाबाट सेयरधनीलाई लाभांस घोषणा गरेको हो । बैंकले घोषणा गरेको लाभांस नियामक नेपाल राष्ट्र बैंक र बैंककै आगामी साधारणसभाले पारित गरेपछि मात्रै कार्यान्वयन हुन्छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ७५ करोड रुपैयाँ छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार नविल बैंकलाई अब १ अर्ब ८३ करोड रुपैयाँ आवश्यक देखिन्छ ।

प्रकाशितः २०७३ भदौ २२

वि.सं.२०७३ भदौ २२ बुधवार १३:४१ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदुरपश्चिम अभियान

सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदुरपश्चिम अभियान

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:४४

काठमाडौं । सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...