back

गर्भ रहे नरहेको ३० दिनमै पत्ता लाग्ने

चितवन । पशुको गर्भ रहे नरहेको ३० दिनभित्रै पत्ता लगाउन सकिने भएको छ ।

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यकाअनुसार रगत र दूधबाट हर्मनको लेबल हेरेर गर्भाधान भए नभएको पत्ता लगाउन थालिएको हो । मुख्य रुपमा गाईमा यो परीक्षण गरिँदै आएको छ ।

पशुमा गर्भ रहेकोबारे तीन महिनापछि मात्रै पाठेघरमा हात हालेर गर्भ बसेको नबसेको एकिन गर्ने गरिन्छ । त्यसो गर्दा शतप्रतिशत एकिन गर्न भने कठिन हुने गर्दछ । भैँसी लगायतका अन्य जनावरमा पनि यो परीक्षण गर्न सकिने आचार्यले बताए ।

‘मिच्योल युनिभर्सिटी’ अमेरिकाका प्राध्यापकले पशु स्वास्थ्य अनुसन्धान महाशाखा खुमलटारमा गत वर्ष यस  प्रविधिका बारेमा प्रशिक्षण दिएका थिए । सो पश्चात् कार्यक्रमका चिकित्सकहरुले गर्भाधान पहिचान कार्यलाई सफलतापूर्वक गरेका हुन् । आचार्यकाअनुसार तालिममा रहेका दुईजना चिकित्सकले उक्त प्रविधिबाट हालसम्म ४२ वटा गाईको गर्भपरीक्षण गरी नतिजा दिन सफल भएका छन् ।

‘एलाइजा’ प्रविधिबाट परीक्षण गर्दा किट महङगो हुने हुँदा एउटा पशुको गर्भपरीक्षण गर्न एक हजार २ सय देखि एक हजार ५ सम्म पर्ने प्रमुख आचार्यले बताए ।
कार्यक्रममा आन्तरिक र बाह्य अनुसन्धान क्षेत्रमा मात्रै परीक्षण गरेको हुँदा निःशुल्क रुपमा काम गर्दै आएको छ । समयमै गर्भ रहे नरहेको थाहा पाउने भएपछि गर्भ नरहे अरु हर्मोन प्रयोग गरेर छिट्टै गर्भाधान गराउन सकिने हुँदा उक्त पद्दति नेपालको पशुपालनको क्षेत्रमा निकै फलदायी हुने बताइन्छ ।

प्रकाशित मितिः २०७३ भदौ २४

वि.सं.२०७३ भदौ २४ शुक्रवार १७:०२ मा प्रकाशित

You can share this post!

ADBL
वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वि.सं.२०८० जेठ २१ आइतवार १२:०५

ताप्लेजुङ २१ जेठ ।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा...

घरभाडा नबढाउन आग्रह   

घरभाडा नबढाउन आग्रह   

वि.सं.२०८० जेठ २१ आइतवार ११:५६

चितवन, २१ जेठ ।  उद्योग वाणिज्य सङ्घ चितवनले व्यापारिक क्षेत्रको...

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

वि.सं.२०८० जेठ २१ आइतवार ११:३४

गण्डकी, २१ जेठ । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने...

लगानीकर्ताले सबै ब्रोकर कार्यालयमा गरे तालाबन्दी

लगानीकर्ताले सबै ब्रोकर कार्यालयमा गरे तालाबन्दी

वि.सं.२०८० जेठ २१ आइतवार १०:२९

काठमाडौं । पूँजीबजारमा लगाइएको कर नीति खारेज गर्न माग गर्दै...

सञ्चालकको भएभरका घरजग्गा बैंकले लिलाम गर्न खोजेपछि देउराली सहकारीका बचतकर्ता चिन्तामा

सञ्चालकको भएभरका घरजग्गा बैंकले लिलाम गर्न खोजेपछि देउराली सहकारीका बचतकर्ता चिन्तामा

वि.सं.२०८० जेठ २१ आइतवार १०:२३

काठमाडौं, २१ जेठ । घरजग्गा कारोबारमा मन्दी आएपछि समस्यामा परेको...

गर्मी बढेपछि एकसाता विद्यालय बन्द   

गर्मी बढेपछि एकसाता विद्यालय बन्द   

वि.सं.२०८० जेठ २१ आइतवार १०:०५

सिन्धुली, २१ जेठ ।  केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले...