back

६ सयका लागि जागिर खुल्यो, १५ दिनभित्र आवेदन दिनुपर्ने

Kumari bank ad

काठमाडौं । नेपालभर संचालन हुने आयोजनाका लागि भन्दै सहरी विकास तथा भवन निर्माण विभागले ६ सय जनाको आवेदन माग गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागले ईन्जिनियर, सब–ईन्जिनयर र असिस्टेन्ट सब–ईन्जिनियर गरि ६ सय जनाका लागि जागीर खोलेको हो । विभागले शनिबार सूचना प्रकाशित गरेर जागिर खुलेको जनाएको हो।

विभागले करारमा ईन्जिनियर, सब–ईन्जिनयर र असिस्टेन्ट सब–ईन्जिनियर गरेर कुल ५८४ जना भर्ना गर्ने जनाएको छ।

करारमा जागिर खानुपर्ने भएपनि यी तीन वटै पदमा लिखित तथा अन्तवार्ता अर्थात मौखिक दुबै परीक्षा दिनुपर्नेछ। चालु आर्थिक वर्षमा सञ्चालन हुने परियोजनाका लागि करारमा ईन्जिनियर, सब–ईन्जिनियर र असिस्टेन्ट सब–ईन्जिनियर भर्ना गर्न लागेको विभागले जनाएको छ।

जागिरका लागि १५ दिन भित्र आवेदन दिनु पर्नेछ।

विभागले ईन्जिनियर २१६ जना, सब–ईन्जिनियर २५८ जना र असिस्टेन्ट सब–ईन्जिनियर ११० जना मागेको हो।

सरकारले लिने परिक्षाको मिति पछि विभागको वेभसाईट डब्लु डब्लु डब्लु डट डियुडिबीसी डट जिओभी डट एनपी मा हेर्न सकिने प्रकाशित सूचनामा उल्लेख छ ।

वि.सं.२०७३ भदौ २५ शनिवार १४:११ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...