back
NMB ad

नेपालमा लगानी गर्छु भन्नेको लाइन…

Kumari bank ad

काठमाडौ। “नेपालको जलविद्युत् आयोजनामा लगानी गर्छु भन्नेलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो । अस्ट्रेलिया, चीनदेखि भारतसम्मका कम्पनी जलविद्युत् आयोजनामा लगानी गर्छु भनेर लाइन लागेका छन् । लगानीको समस्या छ भन्ने भ्रम फैलिइरहेका बेला यसलाई मैले सकारात्मक रुपमा लिएको छु । नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्नका लागि केही असहज वातावरण भएपनि लगानीकर्ताको अभाव छैन ।” नेपाल विद्युतीय व्यवसायी महासंघको तेस्रो अधिवेशनन उद्घाटन गर्न पुगेका उर्जामन्त्री जनार्धन शर्माले यसै भने ।

उनले आफ्नो कार्यकालमा लगानीमैत्री वातावरण निर्माण गरी छ महिनाभित्र केही न केही परिणाम देखाएरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

बत्ती बाल्ने चेतनाले मात्र नेपालको जलविद्युत् क्षेत्र उँभो नलाग्ने भन्दै मन्त्री शर्माले उत्पादित बिजुली निर्यात गर्नुको साटो स्वेदशी उद्योग धन्दामै खपत गर्ने योजना ल्याउनेमा जोड दिए ।

सँगै उनले नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्ने बताए । “विद्युत् प्राधिकरणको पुनःसंरचना नगरेसम्म विद्यमान समस्या समाधान गर्न सकिन्न”– उनले भने, “नयाँ चेतनाअनुसार काम गर्ने प्राधिकरण चाहियो ।”

मन्त्री शर्माले विद्युत् उत्पादनलाई अभियानकै रुपमा अघि बढाउन ऊर्जा मन्त्रालय लागि परेको पनि बताए ।

कार्यक्रममा ऊर्जाको विकासबिना आर्थिक विकासको ढोका खुल्न नसक्ने भन्दै व्यवसायीले सहज वातावरण बनाइनिदन सरकार सँग माग गरेका थिए ।

प्रकाशित मितिः २०७३ भदौ २६

वि.सं.२०७३ भदौ २६ आइतवार ०७:१४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...