काठमाण्डौं । यस साताको पहिलो दिन आइतबारको सेयर कारोबार र सूचकमा गिरावट आएको छ । अघिल्लो कारोबारको तुलनामा नेप्से ६ अंक बढीले घटेको छ भने कारोबार रकममा समेत गिरावट देखिएको छ ।
यस दिन १४५ कम्पननीको एक अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा ३३ करोडले कम हो । बजार खुलेदेखिनै ओरालो लागेको नेप्से ६.२४ अंकले घटेर १८१६.८१ अंकमा झरेको छ । आज विकास बैंक जलविद्युत र अन्य बाहेक सबै समूह ओरालो लागेपछि समग्र बजार घटेको हो ।
यस दिन लक्ष्मी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । त्यस्तै आजै ४५ प्रतिशत बोनश सेयर वितरणको प्रस्ताव गरेको समिट माइक्रोफाइनान्सको सेयर मूल्य पनि ८।६६ प्रतिशतले बढेको छ ।
२६ भदौ २०७३, ४।००
वि.सं.२०७३ भदौ २६ आइतवार १६:११ मा प्रकाशित