back
NMB ad

बढी भाडा लिने ३५ माइक्रोबसबाट यात्रुलाई भाडा फिर्ता !

Kumari bank ad

चितवन। बढी भाडा लिइ नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेका ३५ वटा माइक्रोबसबाट प्रत्येक यात्रुलाई १०० फिर्ता दिलाएर गन्तव्यतर्फ पठाएको छ ।

स्थानीय प्रहरी, प्रशासनले भरतपुरको आँपटारीमा सोमबार बिहानैबाट जाँच गर्दा काठमाडौँका लागि प्रतिव्यक्ति सामान्य सवारी साधनमा २७९ र डिलक्समा २० प्रतिशत थप गरी लिन पाउनेमा ती माइक्रोबसले प्रतिव्यक्ति ४५० असुल गरेको पाइईएपछि उक्त कारबाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार नारायणगढबाट काठमाडौँ १४६ किलोमिटर पर्दछ । सो सडकका लागि यातायात मन्त्रालयले प्रतिव्यक्ति प्रतिकिमी एक रुपैयाँ ९० पैसा भाडादर तोकेको छ ।

डिलक्सले २० प्रतिशत थप गर्दासमेत ३३४ रुपैयाँ ८० पैसा लिन पाउँछ । तर माइक्रोबस र पर्यटक बसले यात्रुबाट ४५० देखि ६०० सम्म भाडा असुल गर्दै आएका छन् ।

नियन्त्रणमा लिएका माइक्रोबसलाई प्रतिव्यक्ति रु १०० फिर्ता गरी सबैलाई टिकट दिएर चलानीसहित गन्तव्यतर्फ पठाइएको उनले बताए ।

अटेर गरेर बढी भाडा लिनेलाई नियन्त्रणमा लिएर मुद्दासमेत चलाउने प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए ।

प्रकाहित मितिः २०७३ भदौ २७

वि.सं.२०७३ भदौ २७ सोमवार १३:१२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...