back
NMB ad

किन फन्डामेन्टल वा टेक्निकल एनालाइसिसबाट सेयरको मुल्य घटबढ हुन्छ भन्न सकिदैन ?

Kumari bank ad

ramu khanal कम्पनीहरुको आधारभूत वित्तीय तथ्यांकहरुको बिश्लेषण गरि भविष्यमा कुनै पनि कम्पनीको सेयर मुल्य बढ्न सक्छ वा घट्न सक्छ भन्ने पूर्वानुमान लगाउने तरिका वा विधिलाई आधारभूत बिश्लेषण ( Fundamental Analysis ) भनिन्छ । यस विधिमा अन्य कुराहरुको अलावा मूलतः कम्पनीहरुले प्रकाशित गर्ने वित्तीय विवरणहरुको आधारमा प्रति सेयर आम्दानी , मुल्य आम्दानि अनुपात , प्रति सेयर कुल सम्पति मुल्य , प्रति शेयर नेटवर्थ , तरलता अनुपात , पुजी कोष अनुपात लगायतका आधारमा बिश्लेषण गर्ने गरिन्छ । यस आधारभूत बिश्लेषण ( Fundamental Analysis ) बिधि बाट बिश्लेषण गरेर पनि फलानो कम्पनिको मुल्य भविष्यमा ठ्याक्कै यति नै हुन्छ भन्ने कुरा भन्न सकिदैन किनकि यसको लागि बजारमा धेरै कुराहरुले प्रभाब पारेको हुन्छ । यसै कारण लगभग लगभग उस्तै उस्तै वित्तीय विवरण भएका कम्पनीहरुको बजार मुल्य पनि फरक फरक हुन्छ ।

Fundamental Analysis गरेर लगानी गरेको भए वा मिल्ने भए उस्तै उस्तै वित्तीय विवरण भएका कम्पनीहरुको मुल्य पनि बजारमा उस्तै उस्तै हुनु पर्ने । यस्तो हुनुको प्रमुख कारण भनेको लगानीकर्ताहरुको मनोवैज्ञानिक प्रभाव हो । लगानीकर्ताहरु जुन Index वा जुन कम्पनीको शेयर तिर बढि आकर्षित हुन्छन् त्यस्ता कम्पनीहरुको मुल्य स्वत बढ्छ र जुन Index वा कम्पनी तिर लगानीकर्ताहरुको कम झुकाव हुन्छ त्यस्ता कम्पनीहरुको मुल्य कम हुन्छ ।

यस बिधिबाट कम्पनी कति सबल छ वा कति दुर्बल छ भन्ने कुरा बिश्लेषण गर्न सकिन्छ । कम्पनीहरुको तुलनात्मक अध्यन गर्न सकिन्छ । तर यसको मुल्य भविष्यमा यति नै हुन्छ भनेर ठोकुवा गर्न सकिदैन । सेयरको मुल्यको घटबढको लागि नीति नियममा हुन सक्ने परिबर्तन , कम्पनीले प्रदान गर्न सक्ने लाभाश , कम्पनीको सस्थागत शुसासन , लगानीकर्ताको मनोवैज्ञानिक प्रभाब लगायत बिबिध कुराहरुले प्रभाव पार्ने गर्ने गर्छ ।

बजारमा आज के भएको छ वा बिगतमा के भएको थियो त्यसको आधारमा भविष्यमा के होला भनि बजारको गतिविधिको आधारमा बिश्लेषण गरि पूर्वानुमान गर्ने बिधि वा तरिकालाइ प्राबिधिक बिश्लेषण ( Technical Analysis ) भनिन्छ । यस विधिमा मूलतः बिगतको बजारको शेयर खरिद बिक्रीको Trend हेर्ने गरिन्छ । त्यसको आधारमा बिश्लेषण गरि बजार के होला वा सेयरको मुल्य के होला भनि पूर्वानुमान गर्ने गरिन्छ । यस विधिमा बिभिन्न Tools हरुको प्रयोग गर्ने गरिन्छ । जस्तो Simple Moving Average (SMA), Candle Stick Analysis , Chart Analysis , Relative Strength Index ( RSI ), Moving Average convergence Divergence ( MACD) लगायत धेरै Tools हरुको प्रयोग गरि पूर्वानुमान गर्ने गरिन्छ ।

Technical Analysis बाट पूर्वानुमान गर्दा आज किनेको वा बिक्रि गरेको Trend भोलि नहुन पनि सक्छ अत पूर्वानुमान ठ्याक्कै मिल्दैन । Technical Analysis बाट बिगतमा यस्तो थियो वा आज यस्तो छ भोलि यस्तो होला भनेर केवल पूर्वानुमान मात्र गर्न सकिन्छ तर ठ्याक्कै यति नै हुन्छ भनेर ठोकुवा गर्न सकिदैन ।

अत: यो संसारमा कसैले पनि सेयरको मुल्य यतिले नै बढ्छ वा घट्छ भनेर भन्न सक्दैन । सबैले बिबिध आयामहरुको विश्लेषण गरि यसो हुन सक्ला भन्ने अनुमान मात्र गर्ने हो । यदि कसैले  यतिले नै बढ्छ वा घट्छ भन्ने जान्ने भए सायद संसारको धनी मान्छे त्यो व्यक्ति नै हुने थियो होला । Fundamental Analysis होस वा Technical Analysis होस जताबाट हेरि पनि केवल अनुमान मात्र गर्ने हो । यस्तो अनुमानहरु कहिले मिल्न पनि सक्छन् कहिले नमिल्न पनि सक्छन् । अत : Fundamental Analysis वा Technical Analysis बाट पनि सेयरको मुल्य ठ्याक्कै यतिले नै घटबढ हुन्छ भनेर भन्न सकिदैन ।

प्रकाशितः २०७३ भदौ २७

वि.सं.२०७३ भदौ २७ सोमवार १६:१२ मा प्रकाशित

You can share this post!

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३०

काठमाडौँ, १२ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच...

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:२५

काठमाडौँ, १२ वैशाखः नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार,...

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:१८

काठमाडौँ, १२ वैशाख : काठमाडौँ–विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो...

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...