back
NMB ad

सवा दुई करोडभन्दा बढी विद्युत महसुल बुझाउन बाँकी कम्पनीले नै प्राधिकरणलाई दिए मुद्दा !

Kumari bank ad

नवलपरासी । जिल्लाका तीनवटा ठूला उद्योगले विद्युत् प्राधिकरणलाई दुई करोड भन्दा बढी विद्युत् महसुल बुझाएका छैनन् । सुनवलस्थित बुटवल सिमेन्ट उद्योग प्रालि, सर्वोत्तम सिमेन्ट प्रालि र लक्ष्मी स्टिलले विद्युत् महसुल नबुझाएका हुन् । प्राधिकरणका अनुसार तीनवटै उद्योगका सवा दुई करोडभन्दा बढी तिर्न बाँकी छ् ।

विद्युत् महसुल नतिर्ने उद्योगको विद्युत् लाइन काट्ने सरकारी अभियान अघि बढिरहेका बेला उल्टै ती तीनवटा ठूलो उद्योगले विद्युत् कार्यालयलाई विद्युत् महसुल भुक्तानी नगरी उल्टै बुटवल पुनरावेदन अदालतमा मुद्दा दायर गरेका छन् ।

ठूला उद्योगले महसुल तिर्न नपरोस् भनी प्राधिकरणविरुद्ध नै मुद्दा दायर गर्नु भनेको जो चोर उसैको ठूलो स्वर भन्ने उखान चरितार्थ भएको उल्लेख गर्दै प्राधिकरणले चौबिसै घन्टा विद्युत् बाल्ने उद्योगले लाखाँै रकम विद्युत् महसुल तिर्न परेपछि बचाउका लागि अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

वितरण केन्द्रले विद्युत् महसुल तिर्नका परिपत्र गरेपछि उनीहरुले वितरण केन्द्र र क्षेत्रीय कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरेको परासी वितरण केन्द्रका केन्द्र प्रमुख सुरेन्द्र अग्रहरीले बताए ।

विगतमा उद्योगले चौबिसै घन्टा विद्युत् आपूर्ति हुने गरी डेडिकेटेड फिडर जोड्न लगाएर विद्युत् उपभोग गर्दै आएका थिए । प्रत्येक उद्योगको करिब रु ६५ लाखभन्दा बढी विद्युत महसुल बुझाउन बाँकी रहेकाले अदालतको फैसलाको पर्खाइमा प्राधिकरण रहेको जनाइएको छ ।

२८ भदौ २०७३, ८।००

वि.सं.२०७३ भदौ २८ मंगलवार ०७:१४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...