back
NMB ad

अक्सफोर्ड डिक्स्नेरीमा १ हजार शब्द थप, शब्द संख्या ६० लाख पुग्यो

Kumari bank ad

काठमाण्डौं । अक्सफोर्ड डिक्स्नेरीमा यो वर्ष हजारवटा नयाँ शब्द समावेश गरिएको छ। सन् २००० देखि अक्सफोर्डले वर्षमा ४ पल्ट ९मार्च, जुन, सेप्टेम्बर र डिसेम्बर० नयाँ शब्द थप्ने गरेको छ।

हालै थपिएका शब्दमा बेलायती उपन्यासकार रोआल्ड डालको लेखनसँग जोडिएका थुप्रै शब्दलाई समावेश गरिएको छ। दोस्रो विश्वयुद्धपछि साहित्यमा होमिएका डालको उपन्यास मात्र विश्वभरी २ करोड ५० लाखको हाराहारीमा विक्रि भएको मानिन्छ।

उनको ‘चार्ली एन्ड द चक्लेट’, ‘दि विचेस’, ‘फेन्टास्टिक मिस्टर फक्स’ र ‘टेल अफ दि अनएक्स्पेक्टेड’ निकै चर्चित मानिन्छ। उनको सयौं जन्म जयन्तीको अवसर पारेर उनले लेखेका उपन्यासका केही शब्द अक्सफोर्डले आफ्नो शब्दकोषमा समावेश गरेको हो। उनको उपन्यासमा पाइने ‘स्पलेन्डिफेरस’, ‘ह्युमन बीन’, जस्ता शब्दलाई अक्सफोर्डले समावेश गरेको छ।

योगा र फिटनेशबाट पनि थुप्रै शब्द समावेश गरिएको छ। ‘यु ओनली लिव वन्स’ का लागि पहिलो पल्ट सन् १९९६ मा ‘योलो’ शब्दको प्रयोग भएको थियो। यो शब्द पछिल्लो समय स्कुले युवायुवतीमा निकै लोकप्रिय मानिन्छ। यसलाई पनि डिक्स्नेरीमा समावेश गरिएको छ। यस्तै, अनलाईनको माध्यमबाट क्रान्ति फैलाउन सफल ‘क्लिक्टिविज्म’ लाई पनि शब्दकोषमा समावेश गरिएको छ।

१ सय ५० वर्ष पुरानो इतिहास बोकेको अक्सफोर्ड डिक्स्नेरीमा अब शब्द संख्या ६० लाख पुग्नेछ।

प्रकाशितः २०७३ भदौ २८

वि.सं.२०७३ भदौ २८ मंगलवार १५:५५ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...