काठमाडौ । ग्लोबल आइएमइ बैंकले १६ प्रतिशत वोनस सेयर दिने भएको छ ।
बैंकको बुधबारको सञ्चालक समितिले प्रस्ताव गरेको वोनस सेयर राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी नै रहेको छ । त्यहाँबाट स्वीकृत भएपछि साधारणसभाले अनुमोदन गर्नु पर्छ ।
बैंकको अहिले ६ अर्ब १६ करोड रुपैयाँ चुक्ता पुँजी छ । १६ प्रतिशत वोनस सेयर दिएपछि चुक्ता पुँजी साच अर्ब १४ करोड रुपैयाँ पुग्ने छ । राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ पुर्यारउन बैंकले हकप्रद वा चालु बर्षको नाफाबाट वोनस सेयर दिनु पर्ने हुन्छ ।
बैंकले दिएको वोनस सेयर लिनका लागि सरकारलाई तिर्नु पर्ने कर भने लगानीकर्ता आफैले बुझाउनु पर्नेछ ।
प्रकाशित मितिः २०७३ भदौ २९
वि.सं.२०७३ भदौ २९ बुधवार १६:१६ मा प्रकाशित