back
NMB ad

सात दिनमा विश्वको सहकारी पढेका मिनराज !

Kumari bank ad

घण्टौं हिडेर होस् या ट्रक चढेर बिद्यालय जाँदा…

सहकारीको अभियानमा २१ वर्षको अनुभव संगालेका मिनराज कँडेलको जन्म २०१७ सालमा धादिङ, बेनिघाट–१, रिचोकटार मलेखुमा भएको हो । ३०३१ सालमा एसएलसी उत्तीर्ण गरेका कँडेलले प्राथमिक शिक्षा धादिङको मलेखुबाट र माध्यमिक शिक्षा आदर्श मावि गजुरीबाट सम्पन्न भएको हो । कक्षा ६ देखि १० सम्म पढ्दा उनी करिब एक घण्टाको बाटो हिंडेर पढ्न जाने र फर्कने गर्नुपथ्र्याे । त्यतिबेला चिनीयाँहरुले पृश्वी राजमार्ग निर्माण गर्दै गरेको हुनाले निर्माणका सामान बोक्ने ट्रक आयो भने बल्ल कंडेल र उनका साथीहरु मोटर चढेर सहजै बिद्यालयसम्म पुग्न पाउँथे ।

साँढे २३ वर्ष एउटै बिद्यालयको प्रधानध्यापक

काठमाडौबाट परिक्षा दिएर एसएलसी उत्तीर्ण गरेका कंडेलले एसएलसी सक्नासाथ बागेश्वरी प्रावि मलेखुमा पढाउन सुरु गरे । त्यतिबेला एसएलसी उत्तीर्ण गरेका सबै शिक्षक स्वतः स्थाई हुने प्राबधानका कारण पढाउन सुरु गर्नासाथ उनी पनि स्थाई शिक्षक बनेका थिए । आईए उत्तीर्ण गरेपछि निमावि पढाउन सुरु गरे । त्रिविबाट बिएड गरेपछि उनले मावि पढाउन थाले । विद्यालयलाई पनि अपग्रेड गर्दै लगे । साँढे २३ वर्ष एउटै बिद्यालयको प्रधानध्यापक बनेर उनी शिक्षण पेशाबाट बाहिरिए । राजनीतिमा पनि उतिकै सक्रिय कँडेलले शिक्षक रहँदा नै धेरैपटक जेल जीवन बिताउनु परेको थियो । आफुले पढाएको बिद्यालयमा उनले जिल्लाकै पहिलोे विज्ञान संकायको उच्च शिक्षाको पढाई सुरु गराएका छन् । करिब ६ वर्ष हुन लाग्यो हाल उनी त्यहि विज्ञान संकाय पढाई हुने जयबागेश्वरी बहुमुखी क्याम्पसको अध्यक्ष छन् । त्यस्तै बिद्यालय संचालकमा पनि उनी अहिले मनोनित सदस्य भएर काम गरिरहेका छन् ।

सानैदेखि संधै अन्याय अत्याचारका विरुद्धमा…

२०३३ सालमै गाउँमा पुस्तकालय खोल्नेदेखि सामाजिक कुरिती, विकृति विसंगतीका विरुद्धमा, गलत रवैया र अन्याय अत्याचारका विरुद्ध साँस्कृतिक कार्यक्रममार्फत सबैलाई चेतना दिलाउने कार्य गर्दथे । वि.स.२०३४÷३५ सालदेखि ८÷१० वर्ष नै काठमाडौमा आएर कंडेलसहित साथीहरुले देउसी भैलो गरेर रकम उठाई पुस्तकालयमा योगदान गर्ने र पुस्तकालयमार्फत सबैलाई चेतना जागृत गराउने कार्य गर्दथे ।

सहकारी अभियानको सुरुवात

२०४५÷४६ को आन्दोलन पछि बहुदल आयो । कंडेल र उनको समूह पहिलेदेखि नै मिलेर सामुहिकरुपमा उपलब्धीमुलक काम गर्नुपर्छ भन्नेमा थिए । कँडेलको जग्गा जमिनमा चितवनमा थियो । खेतीपातीका काम गर्नको लागि २०५३ सालमा उनी सहित उनका तीनजना सहकर्मीहरु चितवन गएका थिए । त्यतिबेला चितवन, भरतपुरमा इन्जिनियर रामप्रसाद अधिकारीसँग भेट भयो । अधिकारी दिपज्योति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष थिए । अधिकारीले दिपज्योति सहकारीको सुरुवात र आफ्नो अनुभव सुनाए । एक घण्टाको सहकारीबारेको कुरा सुनेपनि उनी सहित तीनै जनाले धादिङ फर्केपछि सहकारी खोल्ने निधो गरे । त्यसपछि २०५३ साल असार २९ गते जिल्ला डिभिजन कार्यालयका प्रतिनिधि समेत बोलाएर ३० जनाको उपस्थितिमा बचत ऋण सहकारी खोल्ने भनि प्रारम्भिक भेला सम्पन्न गरे । कँडेलकै अध्यक्षतामा बसेको भेलाले जनकल्याण बचत तथा ऋण सहकारी संस्था खोल्ने निधो गर्यो । उनी सहकारीको संस्थापक अध्यक्ष बने । प्रतिव्यक्ति ५÷५ हजार सेयर उठाएर एकै वर्षमा १ सय १ जना सदस्य सहित त्यो संस्था अगाडि बढेको थियो । उनी साँढे १२ वर्ष त्यही संस्थाको अध्यक्ष बने । कंडेलको सक्रियतामा २०५४ मा १५ वटा संस्थाहरु मिलेर धादिङमा जिल्ला सहकारी संघ गठन भयो । संघमा पनि उनी १५ वर्ष अध्यक्ष भएर काम गरे । २०५९ मा बचत तथा ऋण केन्द्रिय संघको संचालक बन्ने भनेर आएका कँडेल साथीहरुको समर्थनमा उपाध्यक्षमा निर्वाचित भए । यता पार्टीगतरुपमा हेर्ने हो भने कँडेलले नेकपा एमालेको सहकारी विभाग स्थापनामा महत्वपूर्ण योगदान गरेका छन् ।

उनी २०६४ सालमा उनी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन) को निर्वाचित अध्यक्ष भए । पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङगलाई चुनावमा हराएर अध्यक्ष बनेका उनी दुई कार्यकाल नेफस्कुनको अध्यक्ष भए । उनले आफु अध्यक्ष भएर निर्वाचित भईसकेपछि एकै पदमा दुई कार्यकालभन्दा बढि समय बस्न नपाउने नियम बनाए । कार्यकाल सुरु गर्दा ४ सयमा रहेको सदस्य संख्यालाई २२ सयमा पुर्याउने काम उनकै कार्यकालमा भएको थियो । उनी नेफस्कुनको सल्लाहकार हुन् । २०६४ देखि ७ वर्ष राष्ट्रिय सहकारी संघको संचालक रहेका उनी २०७१ देखि संघको बरिष्ठ उपाध्यक्ष छन् ।

नेकपा एमालेको राजनीतिमा सक्रिय उनलाई पार्टी जिल्ला कमिटीको अध्यक्ष बन्ने प्रस्ताव हुँदा हुँदै पनि उनले पार्टीको सहकारी विभागको आग्रहअनुरुप सहकारीको राष्ट्रिय संजालमा नै अगाडि बढिरहेका छन् । हाल उनी नेकपा एमाले लेखा आयोगको सदस्य छन् ।

minraj kandel cooperative

आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको महत्वपूर्ण पाटो सहकारी

पार्टी राजनीति र सहकारीलाई सँगसँगै लगेका कंडेल भन्छन्, ʽखासगरी आर्थिक सामाजिक र साँस्कृतिक रुपान्तरणको महत्वपूर्ण पाटो रहेछ भनेर सुरुदेखि नै सहकारी अभियानमा लागियो । १६ वर्ष अगाडि मेरो क्रियाशिलता देखेर नै राष्ट्रिय सहकारी संघका अध्यक्ष दीपक बास्कोटाले ल्याण्डलाईनबाट फोन गरेर एउटा राम्रो तालिम छ भाई जाने हो भनेर धादिङबाट काठमाडौ बोलाएका थिए । मेरो क्रियाशिलता देखेर उहाँले त्यसो भन्नुभएको थियो । मैले पनि दाजुहरुले पठाए किन नजानु भनेर नेपालबाट एक्लो प्रतिनिधित्व गर्दै एकतर्फी हवाई भाडा तिरेर १५ दिनका लागि नयाँ दिल्ली गएको थिए । अन्तर्राष्ट्रिय सहकारी महासंघको एसिया प्यासिफिक रिजनको मुख्य कार्यालय दिल्लीमा रिजनको तालिममा म सहभागी भएँ ।ʼ

सात दिन विश्वको सहकारी पढायो

२००१ मा कँडेल सहकारीको अन्तर्राष्ट्रिय तालिममा सहभागी भएका थिए । तालिमको अनुभव सुनाउँदै उनी भन्छन्, ʽहामीलाई दिग्गज दिग्गज व्यक्तिले सात दिन विश्वको सहकारी पढायो । सात दिनमा संसारभरी सहकारीले के–के काम गरेको छ । कसरी जीवनस्तर परिवर्तन गर्न सक्दोरहेछ ? के काम गर्न सक्छ ? लगायत सारा विषय पढायो । ७ दिन पढायो, ७ दिन फिल्ड भिजिटमा लग्यो । सहकारीले गरेका कामहरु देखायो । म धेरै प्रभावित भएँ । भारतका दुई जना, नेपालबाट एकजना, श्रीलंकाका २ जना, भियतनाम, इरान लगायत बाट गरी ८ जना तालिममा सहभागी थियौं । हाई लेबलका मानिसले सात दिन विश्वकै सहकारीका बारेमा पढायो । म त्यसैले प्रभावित भएछु !ʼ

म बाँचुञ्जेल सहकारी अभियानबाट अलग हुन्न !

उनी भन्छन्, ʽदिल्लीमा रहँदा सहकारीको सप्ताहव्यापी कार्यक्रममा हामी ८ जनालाई मुख्य अतिथिका रुपमा राखेर सम्मान दिए । त्यहाँबाट सहकारी अभियान बुझिसकेपछि हाम्रो जस्तो मुलुकलाई सहकारी अपरिहार्य छ । हाम्रो आर्थिक, सामाजिक रुपान्तरणको महत्वपूर्ण पाटो सहकारी हो । जहाँ ठूला पुँजीपति छैनन् । छरिएर रहेका गाउँ बस्तीहरु छन् । विकट धरतलीय स्वरुप छ । यस्तो ठाउँमा सहकारी मोडेल ठिक हो भन्ने लाग्यो । त्यसपछि म बाचुञ्जेल सहकारी अभियानबाट अलग हुन्न भन्ने प्रतिबद्धता गरेको छु ।

राजनीति लाई सहकारीले मद्धत गर्छ, सहकारीलाई राजनीतिले संरक्षण गर्नुपर्छ

उनी भन्छन्, ʽआर्थिक सामाजिक रुपान्तरणको पाटोमा राजनीति र सहकारी संगसंगै जोडिएको हुन्छ । राजनीति लाई सहकारीले मद्धत गर्छ, सहकारीलाई राजनीतिले संरक्षण गर्नुपर्छ । संसारको इतिहाँस हेर्दा जहाँ लोकतन्त्र, प्रजातन्त्र छ त्यहाँ सहकारी फस्टाउँदैछ । जहाँ निरकुशता छ त्यहाँ सहकारीलाई निर्मूल पार्ने काम भईरहेको छ । हाम्रो मुलुकको कायापलट गर्ने पाटो सहकारी भएको हुनाले यसलाई म छोड्न सक्दिन ।ʼ कँडेलले अहिले राजनीति र सहकारीलाई एकसाथ अगाडि बढाईरहेका छन् ।

(रामेश्वर कार्की/हरिशरण न्यौपानेसंगको कुराकानीमा आधारित)
प्रकाशित : २०७३ भदौ २९

वि.सं.२०७३ भदौ २९ बुधवार २०:३५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...