back
NMB ad

जहाज किन्न सञ्चय कोषले २५ अर्ब ऋण दिने

Kumari bank ad

काठमाण्डौं । नेपाल वायुसेवा निगमलाई दुई वटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ।

कर्मचारी सञ्चय कोषको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निगमलाई २५ अर्ब रुपैयाँ ऋण दिन आशयपत्र पठाउने निर्णय गरेको छ ।

सरकारको जमानीमा सञ्चय कोषले निगमलाई ऋण लगानी गर्नेछ। दुई वाइडबढी जहाज खरिद गर्न २६ अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान छ। ‘नेपाल वायुसेवा निगमलाई दुईवटा वाइडबडी खरिद गर्न २५ अर्ब रुपैयाँ ऋण दिन आशयपत्र पठाइएको छ,’ कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्यले भने, ‘अब निगमले यसको आवश्यक प्रक्रिया सुरु गर्नेछ ।’

निगमलाई यसअघि १ सय ५८ सिटका दुई एयरबस ३२० जहाज किन्न पनि कोषले ऋण दिएको थियो । निगमले ती जहाज खरिदका लागि कोषबाट १० अर्ब ऋण लिएको थियो । सुरुमा १२ प्रतिशत ब्याजदर तोकिएकोमा अहिले १० प्रतिशतमा घटाइएको छ।

सञ्चय कोषसँग ऋण लिन अर्थ मन्त्रालयले निगमलाई सैद्धान्तिक स्वीकृत दिएपछि ऋण सम्झौताको प्रक्रिया अघि बढ्नेछ । निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत जमानीका लागि अर्थमा पहल थाल्नेछ । अर्थबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएपछि निगम र कोषबीच अन्तिम सम्झौता हुनेछ । ‘अब दोस्रो चरणमा ब्याजदरलगायतका विषय टुंगो लाग्छ,’ निगमका प्रवक्ता रामहरि शर्माले भने, ‘अब कम्तीमा ६ महिनामा प्रक्रिया पूरा गरेर हामी टेन्डरमा जान सक्छौँ ।’ आजका पत्रपत्रिमा छापिएको छ।

प्रकाशितः २०७३ भदौ ३०

वि.सं.२०७३ भदौ ३० बिहीवार १०:१० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...