काठमाडौं । गुडविल फाईनान्सले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीले गत बर्षको मुनाफाबाट उक्त लाभांश दिन लागेको हो ।
कम्पनीको भदौ २९ मा बसेको संचालक समिति बैठकले लगानीकर्तालाई २५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको आगामी बस्ने साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।
त्यस्तै सञ्चालक समितिको उक्त बैठकले बोनश शेयरपछि कायम चुक्तापूँजीको ६० प्रतिशत हकप्रद दिने प्रस्ताव पनि आगामी साधारणसभामा लैजाने भएको छ ।
हाल ३६ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको २५ प्रतिशत बोनश शेयर पश्चात चुक्तापूँजी ४५ करोड पुग्नेछ ।
प्रकाशितः २०७३ भदौ ३०
वि.सं.२०७३ भदौ ३० बिहीवार १२:२१ मा प्रकाशित