back
NMB ad

मनग्गे आम्दानी हुन थालेपछि कामकाज छाडेर झार संकलनमा स्थानीय !

Kumari bank ad

पर्वत । वनमा खेर गइरहेको नागबेली झारबाट मनग्य आम्दानी हुन थालेपछि जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा नागबेली सङ्कलनमा व्यस्त छन्।

जिल्लाका वनौँ, क्याङ, लेखफाँटलगायत गाविसका बासिन्दा नागबेली सङ्कलनमा जुटेका हुन्। स्थानीय वनमा प्रसस्त मात्रामा पाइने नागबेली झारको उपयोगिता बुझ्दै गएपछि उपभोक्ताले सामूहिक रुपमा नागबेली सङ्कलन गरी बिक्री वितरण गर्न थालेका छन्। विगतमा त्यत्तिकै कुहिएर जाने नागबेली अहिले यस क्षेत्रका उपभोक्ताका लागि आम्दानीको गतिलो स्रोत बनेको छ।

विदेशमा निर्यात हुने नागबेली झारको कोसाबाट निस्कने मसिनो पाउडरबाट यौन सम्पर्कका लागि प्रयोग हुने कण्डम, अस्पतालमा प्रयोग गरिने पातला प्लास्टिकका सामान, ब्युटीपार्लरका सामान, पाउडरलगायत निर्माण हुने बताइएको छ।

स्थानीयस्तरमा लहरे झार, सिन्दुरे, वनमाला, सिमाल लगायत झारलाई विगतमा विवाह व्रतबन्धलगायतका कार्यमा मात्र प्रयोग हुने गरेको थियो। अहिले त्यही झारको कोसाबाट आम्दानी हुने थाहा पाएपछि आफूहरु त्यसको संरक्षणमा जुटेको कमेरे तथा छहरे पाखा सामुदायिक वन उपभोक्ता समूह क्याङका सदस्य श्यामप्रकाश पुर्जा पुनले बताए।

अहिले क्याङ गाविसका तीनवटा सामुदायिक वनमा छुट्टाछुट्टै रुपमा नागबेली कोसा सङ्कलन गर्न थालिएको छ। सङ्कलन गरिएको कोसालाई घाममा सुकाएर प्रशोधन गरी धुलो बनाएर बिक्री गरिँदै आएको छ। लोहोसे सामुदायिक वनबाट २०० किलो तथा छहेरे र कमेरा पाखा वनबाट करिब १५० किलो पाउडर उत्पादन हुने अनुमान गरिएको छ।

जिल्ला वन कार्यालयका निमित्त जिल्ला वन अधिकृत हरिशचन्द्र सापकोटा जिल्लाको एक हजार आठ सय मिटरदेखि तीन हजार मिटर उचाइसम्मका क्षेत्रमा नागबेली झार पाइने बताउँछन्। हाल सङ्कलन भइरहेका गाविसबाट चार टनभन्दा बढी पाउडर उत्पादन हुने देखिएको छ।

३० भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ ३० बिहीवार १५:१३ मा प्रकाशित

You can share this post!

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:२५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:१२

बैशाख १२, १३ र १४ गते अर्थात् अप्रिल २४, २५...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:५४

काठमाडौँ, ११ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...