back
NMB ad

जसले ३ सय ५० खेलमा ३ सय ६६ गोल गरेर इतिहास रचे !

Kumari bank ad

काठमाण्डौं । च्याम्पियन्स लिगअन्तर्गत आफ्नो पूर्व क्लब स्पोर्टिङ लिस्बनविरूद्ध गोल गरेका पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडमा आबद्ध हुँदै ३ सय ५० खेल खेल्ने इतिहास रचेका छन्।

मंगलबार राती लिस्बनलाई २–१ ले पराजित गर्ने क्रममा रोनाल्डोले ८९ मिनेटमा आफ्नो ‘ट्रेडमार्क’ फ्रिकिक गोल गरेका थिए।

रोनाल्डोले क्लबबाट ३ सय ५० गोल गर्ने इतिहास रचेपछि उनलाई यही नम्बर लेखिएको जर्सी क्लबले उपहार स्वरुप प्रदान गरेको छ।

३१ वर्षीय रोनाल्डो सन् २००९ मा इङ्ल्यान्डको म्यानचेस्टर क्लबबाट रियल म्याड्रिडमा स्थानान्तरण भएका थिए। उनले ३ सय ५० खेल खेल्ने क्रममा म्याड्रिडका लागि ३ सय ६६ गोल गरेका छन्।

रोनाल्डोले लिस्बनलाई हराउन २५ यार्ड टाढाबाट फ्रिकिक प्रहार गरेका थिए जुन गोलमा परिणत भएको थियो। उनको च्याम्पियन्स लिगमा १२ औं फ्रिकिक गोल थियो। उनले च्याम्पियन्स लिगमा कूल ९४ गोल गरेका छन् जसमा म्याड्रिडका लागि ७६ खेल खेल्ने क्रममा ७९ गोल गरेका थिए।

उनले आफ्नो पुरानो क्लबविरूद्ध खेलको यो पाँचौ अवसर थियो। सन् २००७ मा म्यानचेस्टर युनाइटेडमा हुँदा उनले ‘होम एन्ड अवे’ दुवै खेलमा गोल गरेका थिए।

यस्तै सन् २०१३ को च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेस्टरविरूद्ध म्याड्रिडबाट दुवै लेगको खेल खेलेका थिए। रोनाल्डोले आफ्नो देश पोर्चुगलका लागि खेल्ने क्रममा ४३ पल्ट फ्रिकिक प्रहार गरेका छन्।

प्रकाशित ः २०७३ भदौ ३०

वि.सं.२०७३ भदौ ३० बिहीवार १५:३५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...