back
NMB ad

रमेश धमलाले अनियमितता गरेको भन्दै दाताहरु रिपोटर्स क्लव पुगेपछि …

Kumari bank ad

काठमाडौं । जर्मन दाताहरुले चिल्ड्रेन फ्युचर अर्गानाईजेशनका अध्यक्ष रमेश धमलाले संस्थामा अनियमितता गरेको आरोप लगाउँदै तत्काल पदबाट राजिनामा दिनुपर्ने माग गरेका छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दाताहरु Frau Petra Pachner, Herr Herwig Jantschik Aalen, संस्थाकी फाउण्डर मेम्वर Dr. Olga Lasota ले संयुक्त रुपमा अध्यक्ष धमलाको गतिविधि नै शंकास्पद र उनले अनियमितता गरेको आरोप लगाउँदै तत्काल पदबाट राजिनामा दिनुपर्ने माग गरेका हुन् । उनीहरुले धमलाले राजिनामा दिएर नयाँ दक्ष तथा व्यवसायिक टिमलाई नेतृत्व हस्तान्तरण गर्न समेत सुझाव दिएका छन् ।

उनीहरुले यसअघि नै धमलालाई पदबाट राजिनामा दिन पटक–पटक आग्रह गर्दापनि उनले शक्तिको दुरुपयोग गरि राजिनामा दिन नमानेको गुनासो पोखे । कार्यक्रमममा बोल्दै जर्मनी डोनर Jantschik ले भने,‘धमलाजीले संस्थाको सुधार र प्रगतिको लागि केही काम गर्न सक्नुभएन, बरु उल्टै कोषको रकम दुरुपयोग गरि भ्रष्टाचार गर्नुभयो, हामीले यसअघि पनि फण्ड विगत साँढे ७ महिनादेखि रोकीराखेका छौं, उहाँले पदबाट राजिनामा नदिएसम्म हामी रकम पठाउँदैनौं ।’

उनले अध्यक्ष धमलाले संस्थाको रकम दुरुपयोग गरि व्यक्तिगत प्रयोजनका लागि खर्चिएको समेत आरोप लगाए । उनले अघि थपे,‘हामीले संस्थाको भवन र बच्चाहरुलाई तालिम केन्द्र खोल्नको लागि आवश्यक रकम उपलब्ध गराएका थियौं, तर धमलाले त्यो रकम व्यक्तिगत स्वार्थमा खर्च गरेर दुरुपयोग गरेका छन् ।’ उनका अनुसार संस्थालाई जग्गा किन्नको लागि सन् २००९ मा ५० हजार यूरो दिएको तर जग्गाधनीले जम्मा २३ लाख मात्रै पाएका थिए । उनले अघि थपे,‘हामीले ५० हजार युरो दियौं, तर जग्गाधनीले २३ लाखमात्रै पाए, बाँकी रकम खोई त ?’

त्यसैगरि सन् २०१३ मा सिपमुलक तालिमको लागि ३.५ रोपनी जग्गा खरिद गर्न छुट्टै ५३ हजार ५ सय युरो दाताहरुले पठाएको रकममा धमलाले २४ लाख मात्रै खर्च गरेको र बाँकी रकम हिनामिना गरेको दाताहरुको आरोप छ ।

उनीहरुद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘जर्मन दाताहरुले जग्गा किन्न दिएको रकम पनि जग्गाको वास्तविक मुल्यभन्दा दोब्बर हालेको देखाईएको छ, जबकी जग्गा धनिहरुले त्यति पैसा पाएकै छैनन, यो हामीलाई सिधै ठग्ने काम भयो, यसको हामीले धेरैपटक विरोध गरिसकेका छौं, तर यसबारेमा कुनै निकायले पनि चासो देखाएन ।’

सुरुमा नै धमलाले रकम हिनामिना गरेको थाहा भएको भए आफुहरुले बाँकी सहयोग नै नगर्ने उनीहरुको भनाई थियो ।

त्यस्तै उनीहरुले अध्यक्ष धमलाले खानेपानीको मुलमुहानको लागि सन् २०१० मा धादिँगको साँकोसमा ५ हजार यूरो खर्चिएर किनिएको जग्गाको धनी पुर्जा समेत संस्थालाई अहिलेसम्म उपलब्ध नगराएको आरोप लगाए ।

आफूहरुले अध्यक्ष धमलाले गरेका थुप्रै अनियमितताका बारेमा पटक–पटक ध्यानाकार्षण गराउँदापनि उनले त्यसमा कुनै गम्भिरता नदेखाएको गुनासो पोख्दै उनले थपे,‘धमलाले धेरैचोटी हामीसँग पदबाट राजिनामा दिने प्रतिबद्धता व्यक्त गरेका थिए, तर अहिलेसम्म पदबाट राजिनामा दिन मानेका छैनन्, बरु उनले उल्टै संस्थामा कार्यरत कर्मचारीहरुलाई धम्क्याउने र केही कर्मचारीलाई तलब नदिईकन निकाल्ने काम गरेका छन्, यसमा हाम्रो घोर आपत्ति छ । ’

दाताहरुले प्रत्येक महिना १० हजार युरो संस्थालाई पठाएको दाबी गरेका छन् । उनीहरुको अनुसार संस्थामा आवद्ध १०४ जना बच्चाहरुको शिक्षा दिक्षाको लागि उक्त रकम पठाउने गरिएको हो ।

संस्थाको स्थापनाकालदेखि नै धमला यसको अध्यक्ष पदमा छन् । र उनले आफ्ना नातागोता र परिवारको मान्छेलाई उक्त संस्थाको अन्य पदमा राखेका छन् । उनीहरुको अनुसार उक्त संस्था सन २००३ मा स्थापना भएको रिपोर्टर्सनेपालडटकम  ले समाचार लेखेको छ ।

३१ भदौ २०७३

वि.सं.२०७३ भदौ ३१ शुक्रवार ११:३४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...