back
NMB ad

रातारात साधारण सभा स्थगितको सूचना किन निकाले अध्यक्ष रामशरण थपलियाले ?

Kumari bank ad

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को असोज २ गते तोकिएको साधारणसभा रातारात स्थगित गरेको सूचना जारी गरी अध्यक्ष रामशरण थपलिया सम्पर्क विहिन भएका छन् । आफ्नो अनुकुल परिस्थिति नबनेपछि साधारण सभा हुने भनेर तोकिएको १२ घण्टा अगाडी सूचना टाँसेर स्थगित गरेको भन्दै थपलिया साधारण सभास्थलमा पुगेका छैनन् । थपलियाले स्थगित गरेपनि मल्ल होटलमा साधारणसभा जारी रहेको छ ।
परिषद्को कार्यसमिति बैठकले असोज २ गते आज साधारणसभा गर्ने निर्णय गरेपनि अप्ठेरो परिस्थिति सिर्जना भएको भन्दै स्थगित गरेको सूचना जारी गरेको थियो । हिजो शनिवार राति सूचना जारी गरि साधारणसभा स्थगित गरेको भन्दै केही सदस्यले आक्रोश समेत पोखेका छन् । साधारण सदस्यहरुले आज हुने भनिएको साधारणसभा स्थगितको सूचना हिजो राति जारी गरेर साधारणसभा स्थगित गर्न नसक्ने जनाएका छन् । उनीहरुले परिषद्को अपरिपक्व काम र व्यक्तिगत स्वार्थमा संस्थाले मनलाग्दी गरेको भन्दै आज साधारसभा हुने जनाएका छन् ।
यतिखेर साधारणसभा हुने भनिएको मल्ल होटलमा साधारणसदस्यहरुको भीड लागेको छ । अधिकांश सदस्यहरुले स्थगितको सूचना नपाएका कारण पुगेका छन् भने हालका अध्यक्ष थपलियाको कार्यशैली मन नपराउने सदस्यहरु पनि साधारणसभा स्थल पुगेका छन् । अध्यक्ष थपलियासहित कार्यसमितिका केही पदाधिकारीहरु साधारणसभामा उपस्थित नभएपछि बरिष्ठ उपाध्यक्ष समीर गुरुङले साधारणसभाको अध्यक्षता गरिरहेका छन् । उनीहरुले २१ औं र २२ औं साधारणसभा आजै गर्ने र नयाँ तदर्थ समिति समेत घोषणा गर्ने तयारी गरेको परिषद्का पूर्व अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए । श्रेष्ठले आज साधारणसभा भएपछि हालका अध्यक्ष थपलिया नेतृत्वको कार्यकालको समय समाप्त हुने भन्दै भोलीदेखि तदर्थ समितिले काम गर्ने बताए । उनले साधारणसभा सञ्चालन भइरहेकोले सबैल सदस्यहरुलाई उपस्थित भइदिन आग्रह पनि गरेका छन् ।

२ असोज २०७३

वि.सं.२०७३ असोज २ आइतवार ११:४५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...