back
mega bank Ad
Hero Ad

दशैं तिहारका लागि खुल्यो सुपथ मूल्य पसल !

काठमाण्डौं । दशैं तथा तिहारका लागि उपभोग्य सामानमा छुट दिने उद्देश्यले सरकारले शनिबार देखि सुपथ मूल्य पसल सञ्चालन गरेको छ। शहरभित्र २४ स्थानमा यस्ता सुपथ मूल्य पसल सुरु भएको हो।

आपूर्तिमन्त्री दीपक बोहराले शनिबार नेशनल ट्रेडिङको व्यापार कक्षमा सुरु भएको सुपथ मूल्य पसलको उदघाटन गरे । नेसनल ट्रेडिङ, दुग्ध विकास संस्थान र नेपाल खाद्य संस्थान लगायतका सस्थाले उपभोक्तालाई एकै स्थानमा सस्तो दरमा सामान उपलब्ध गराउने छन् ।

खाद्य संस्थानले आफूले बिक्री गर्ने सबै खाद्य वस्तुमा पाँच प्रतिशत, नेसनल ट्रेडिङ लिमिटेडले ३० देखि ७० प्रतिशत तथा निजी क्षेत्रबाट सञ्चालित ठूला डिपार्टमेन्टल स्टोरले १५ प्रतिशत छुट दिइने जानकारी दिइयो।

सुपथ मूल्य पसल उदघाटन गर्दै आपूर्तिमन्त्री दीपक बोहराले सरकारले व्यापारीलाई म्याद सकिएको तथा मिसावट भएका उपभोग्य सामग्री कुनै हालतमा बिक्री गर्न नदिइने प्रतिवद्धता व्यक्त गरे। उनले भने– बजारमा आफू खुसी मूल्यवृद्धि गरी सामान बिक्री गर्ने व्यापारीलाई कडा सजाय हुने कानून तर्जुमा गर्ने गृहकार्यमा सरकार लागेको छ ।

मन्त्री बोहराले दसैँ, तिहार र छठ पर्वमा जनतालाई सुलभ मूल्यमा अत्यावश्यक उपभोग्य सामग्री बिक्री गर्ने काम सरकारीस्तरवाट सुरु गरिने बताउँदै मुख्य चाडपर्वका वेला नीजि तथा ठूला डिपार्टमेन्टल स्टोरले पनि सहुलियत दरमा सामान बिक्री गर्ने कार्य सुरु गर्नुपर्नेमा जोडदिए।

उनले मूल्यवृद्धि गर्ने व्यापारीका बारेमा सूचना दिएमा सरकारले तत्कालै कडा कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले दसैँ, तिहारलाई लक्षित गरी सरकारले सञ्चालन गरेको सुपथ मूल्यको पसलबाट सर्वसाधारण, मध्यम तथा गरिब वर्गका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धिताल, दुग्ध विकास संस्थानका महाप्रबन्धक गङ्गा तिमिल्सिना, नेसनल ट्रेडिङ लिमिटेडका सञ्चालक समितिका अध्यक्ष धनबहादुर बुढा, नेपाल खाद्य संस्थानका महाप्रबन्धक डा शिव श्रेष्ठलगायतले जनताको सुविधाका लागि नै आफूहरुले सुलभ मूल्यमा उपभोग्य सामान उपलब्ध गराएको बताए।

सो अवसरमा खाद्य संस्थानले आफूले बिक्री गर्ने सबै खाद्य वस्तुमा पाँच प्रतिशत, नेसनल ट्रेडिङ लिमिटेडले ३० देखि ७० प्रतिशत तथा निजी क्षेत्रबाट सञ्चालित ठूला डिपार्टमेन्टल स्टोरले १५ प्रतिशत छुट दिइने जानकारी दिइयो।

नेसनल ट्रेडिङको भवनमा ११ वटा बिक्री कक्ष तथा सहरका विभिन्न भागको २४ स्थानमा सुपथ मूल्यका पसल तथा ‘मोबाइल भ्यान’बाट पनि सहरको चोकचोकमा सुपथ मूल्यमा उपभोग्य सामग्री बिक्री गर्ने व्यवस्था मिलाइएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक धितालले जानकारी दिए। सुपथ मूल्य पसल आगामी कात्तिक २१ गतेसम्म चल्नेछ।

२ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज २ आइतवार ११:४१ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...