back
NMB ad

सेयर बजारमा आयो २ करोड १८ लाख कित्ता सेयर, किन्ने हैन त ?

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्स्चेन्जमा आज आइतबार सानिमा बैंक सहित विभिन्न आठ कम्पनीको बोनस तथा हकप्रद सेयर सूचिकृत भएको छ ।आइतबार शेयर बजारमा एक वाणिज्य बैंक,तीन विकास बैंक, दुई बीमा कम्पनी र एक फाइनान्स कम्पनीको गरी करिब २ करोड १८ लाख कित्ता सेयर थपिएको हो।

यसदिन सानिमा बैंकको सानिमा बैंकको १ करोड ५१ लाख ३२ हजार ९ सय ८ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । त्यस्तै काक्रेविहार विकास बैंकको ५६ हजार ९ सय २५ कित्ता बोनस र १ लाख ७२ हजार ५ सय कित्ता हकप्रद सेयर थपिएको छ । मिसन डेभलपमेन्ट बैंकको २ लाख २४ हजार २ सय ५० कित्ता बोनस सेयर थप भएको छ भने प्रोफेसनल दियालो विकास बैंकको २ लाख ३ हजार ५ सय कित्ता बोनस सेयर थपिएको छ।

यसैगरी नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको ४३ लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । गुराँस लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता बोनस सेयर र प्रुडेन्सियल इन्स्योरेन्सको ३ लाख २४ हजार कित्ता बोनस थपिएको छ। लुम्बिनी फाइनान्स एण्ड लिजिङको ७ लाख ३५ हजार २ सय ४४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

आजै सेयर बजारमा रिलायबल डेभलपमेन्ट बैंकको १३ लाख ५५ हजार कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण भएको छ । त्यस्तै कास्की फाइनान्सको ३ लाख कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण भएको छ । इन्नोभेटिभ डेभलपमेन्ट बैंकको पनि ४ लाख ४३ हजार कित्ता संस्थापक सेयर साधारणमा रुपान्तर भएको छ ।

२ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज २ आइतवार १५:१२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...