काठमाडौं । सिद्धार्थ बैंकले ७५ करोड ५५ लाख रुपैयाँ बराबरको ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले आफ्ना लगानीकर्तालाई ४ बराबर १ अर्थात २५ प्रतिशत हकप्रद दिने भएको हो ।
हकप्रदका लागि साउन ६ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले आइतबार हकप्रद निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले अनुमति दिएसँगै अब बैंकका लागि हकप्रद निष्काशनको बाटो खुलेको छ ।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।
प्रकाशितः २०७३ असोज ३
वि.सं.२०७३ असोज ३ सोमवार १३:०१ मा प्रकाशित