
भक्तपुर । संघीय मामिला तथा स्थानिय विकास मन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचन कसैले रोकेर पनि रोक्न नसकिने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले आयोगले गतिशिलताका साथ काम अगाडि बढाईरहेको र सबै राजनीतिक दलहरुको प्रतिबद्धता समेत रहेकाले अब कसैले पनि चाहेर तोकिएको समयमा स्थानीय तहको निर्वाचन रोक्न नसक्ने बताएका हुन् ।
संबिधान जारी भएको एक बर्षमा धेरै सफलता हासिल भईसकेको र कार्यान्वयनको पक्षमा देखिएको जटिलतालाई राजनीतिक सहमती र जानकारी बृद्धि गर्दै सफल कार्यान्वयन तर्फ अग्रसर बन्ने पनि उनले बताएका छन् ।
मधेश आन्दोलनको जायज मागको सम्बोधन गर्न संबिधानको संशोधन गरिने र संबिधान आफै परिवर्तनशिल भएकाले नेपाल र नेपालीको आवश्यकता अनुरुप संबिधानको संसोधन गर्दै हरेक नेपालीलाई आफ्नो संबिधान भएको महशुस गराउने तर्फ वर्तमान सरकार लागि परेको उनले थप बताए ।
३ असोज २०७३, २।००
वि.सं.२०७३ असोज ३ सोमवार १५:३३ मा प्रकाशित